अब सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णय !

काठमाडौँ — नेपाल सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अबबाट हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। जेठ १ गतेदेखि लागू हुने गरी सरकारले सोमबार देखि शुक्रबारसम्म बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने र बाँकी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहलेको लागि कार्यालय समय बढाएर बिहान ९:३० बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय तय गर्ने तथा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन्।

विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढ्ने स्थिति आएपछि सरकारले हप्ताको एक दिनको सट्टा अबबाट दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। त्यस्तै, पेट्रोलियम पदार्थको आयात घटाएर विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज समेत लगाउने निर्णय गरेको छ।

यो पनि पढ्नुहोस् 

कुरकुरे, चिजबलदेखि मोबाइलसम्मको आयातमा प्रतिबन्ध !

काठमाडौँ, के तपाइँ कुरकुरे, चिजबल, लेज जस्ता खानेकुराको सौखिन हुनुुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाइँले यी अतिरिक्त स्वादयुक्त खानेकुराको लत त्याग्नुपर्ने भएको छ । किनभने यी खानाले तपाइँको स्वास्थ्य त बिगारेकै छन्, देशको आर्थिक स्वास्थ्यमा समेत धक्का दिएको देखिन आएको छ । त्यसैले नेपाल सरकारले अब यी खाद्यवस्तुहरुको आयातमा प्रतिबन्ध नै लगाउने निर्णय गरेको छ ।

प्रकाशित : बुधबार, बैशाख १४, २०७९१५:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिहीबारसम्म मनसुनको न्यून चापीय रेखा तराई नजिक रहने ! मौसममा के होला असर ?