आँखाबाट जान्नुहोस् जीवनसँग जोडिएको राज, के भन्छ सामुन्द्रिक शास्त्र ?

प्राय मानिसले भनेको सुन्नु भएको होला, यदि तपाई कुनै व्यक्तिको मनको कुरा जान्न चाहनुहुन्छ भने एक पटक उसको आँखामा हेर्नुहोस्। वास्तवमा मानिसको आँखा उसको मनको ऐना हो। समुद्र शास्त्र अनुसार आँखाले मनका सबै खोल्ने बताउँछ । कसैको आँखा हेरेर उसको सोच र व्यक्तित्व सजिलै पत्ता लगाउन सकिन्छ। आँखाको आकार मात्र होइन, यसको रंगले पनि व्यक्तिको विशेषता गुणलाई बताउँछ ।

आँखा मनको भाषा हो, तपाइको आँखाले कहिलेकाहीँ तपाइको बारेमा धेरै कुरा बताउँछ। के तपाइलाई थाहा छ कसैको आँखाको रंगले पनि उसको व्यक्तित्वको बारेमा धेरै कुरा बताउँछ। सामुद्रिक शास्त्रका अनुसार आँखाको रङ र आँखी भौंको आकारबाट व्यक्तिको मनस्थिति थाहा पाउन सकिन्छ, त्यसलाई पढ्न र बुझ्न सक्नुपर्छ । जान्नुहोस् आँखाको रंग अनुसार व्यक्तित्व बारेमा….

कालो आँखा भएका मानिसहरू


यस्ता मानिसहरुको आत्मविश्वास निकै बलियो हुन्छ । यस्ता मानिसहरु कहिले कसैलाई धोका दिँदैनन् । यस्ता व्यक्ति अन्य मानिस भन्दा फरक व्यक्तित्वका मालिक हुन्छन् । आफ्नो हरेक काममा विश्वासका साथ जिम्मेवारी राम्ररी पूरा गर्छन्। मेहनतले उच्च स्थानमा पुग्छन् । यी व्यक्तिहरू वर्तमानमा बाँच्छन् र कुनै पनि निर्णय धेरै सावधानीपूर्वक लिन्छन्। यस्ता व्यक्ति आफ्नो जिम्मेवारीप्रति निकै इमानदार हुन्छन् । साथै कालो आँखा भएका व्यक्तिहरू आफ्नो जीवनसाथी को धेरै हेरचाह गर्छन्।

हरियो आँखा भएका मानिसहरू


जसको आँखा हरियो हुन्छ, उनीहरु धेरै अद्भुत हुन्छ । यस्ता मानिस सधैँ फिट र तेजस्वी देखिनेछन्। यस्ता मानिसहरु आफ्नो मनको कुरा चाँडै खिल्दैनन् । हेर्दा सुन्दर र आकर्षक भए पनि मनमा ईर्ष्याको भावना हुन्छ । उनीहरु कुनै पनि सानो-ठूलो काम गर्न हिचकिचाउँदैनन् । बुद्धिमानीका साथ निर्णय गर्ने क्षमता हुन्छन् ।

कैलो आँखा भएका मानिसहरू


सामुद्रिक शास्त्रका अनुसार जसको आँखा कैलो वा हल्का पहेँलो रंगको हुन्छ, उनीहरुलाई रमाइलो र साहसिक कार्य गर्न मन पर्छ । त्यस्ता व्यक्तिहरूलाई समयसँग कसरी हिडने र परिस्थितिलाई अनुकूल बनाउन जान्छन्। यस्ता मानिसहरु साहसी भएता पनि जीवनसँग छिट्टै बोर हुन्छन् । साथै यी मानिसहरू आफ्नो गोप्य कुरालाई लुकाइ राख्छन्। तर उनीहरु बोल्न माहिर हुन्छन् र पहिलो भेटमै आफ्नो अगाडिको व्यक्तिलाई मोहित बनाउँछन् ।

नीलो आँखा भएका मानिसहरू


समुन्द्र  शास्त्रका अनुसार निलो आँखा भएका मानिसहरु जीवनमा स्थिरता चाहन्छन् । त्यस्ता व्यक्तिहरू अरूलाई मद्दत गर्न सधैँ अगाडि हुन्छन्। उनीहरु शान्त जीवन बिताउन मन पराउँछन् आफू भन्दा अरुको खुसिमा खुसी हुन्छन् । कहिले यस्ता मानिस अरुको लागि आफूलाई  हानि पनि गर्छन्। उनीहरु दीर्घकालीन सम्बन्धमा विश्वास गर्छन् ।

प्रकाशित : बुधबार, चैत १६, २०७८१७:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता मानिससँग भुलेर पनि नगर्नुहोस् मित्रता, जिन्दगी बर्बाद पार्दिन्छन् !