यस्ता मानिससँग भुलेर पनि नगर्नुहोस् मित्रता, जिन्दगी बर्बाद पार्दिन्छन् !

नुसार मानिसको जीवन बहुमूल्य हुन्छ। बितेको समय फेरी फर्केर आउन सक्दैन। यस्तो अवस्थामा जीवनलाई सफल बनाउन समयको सदुपयोग गर्ने हर प्रयास गर्नुपर्छ। आचार्य चाणक्यका अनुसार कुनै पनि मानिसको सफलतामा राम्रो संगतको ठूलो भूमिका हुन्छ। पुण्यवान र असल मानिसको संगत गर्नेलाई हरेक पाइलामा सफलता मिल्छ। अर्कोतर्फ, यो कुराको ख्याल नगर्ने र साथी छनोटमा ख्याल नगर्ने मानिसहरूले हरेक पल चुनौती र समस्याको सामना गर्नुपर्ने हुन्छ। चाणक्य नीतिका अनुसार मित्रतामा के के कुरामा ध्यान दिनुपर्छ भन्ने बारेमा जानौं….

कसरी गर्ने सच्चा साथीको पहिचान 

चाणक्यका अनुसार सच्चा मित्रको पहिचान गर्नु धेरै महत्त्वपूर्ण हुन्छ। एक सच्चा मित्र त्यो हुन सक्छ जसले सधैं उचित र सही बाटो देखाउँछ। साथै गलत बाटोमा जानबाट रोक्छ। यसका अलावा सुख-दुःखमा सधै साथ दिन्छ। चाणक्य भन्छन् कि गलत साथीले समस्यामा पारेर जीवन बर्बाद गर्न सक्छ। त्यसैले सच्चा साथीलाई पहिचान गरेर मात्र उसलाई साथी बनाउनुपर्छ।

यस्ता मानिससँग गर्नु हुँदैन मित्रता 

नीतिशास्त्रमा चाणक्य भन्छन् कि गलत संस्कार वा गलत बानीले घेरिएका मानिसहरूसँग कहिल्यै मित्रता गर्नु हुँदैन। साथै, जो सधैं आफ्नो स्वार्थको ख्याल राख्छन्, तिनीहरू पनि असल साथीको श्रेणीमा आउँदैनन्। यस्ता साथीहरूले समय आएपछि धोका दिन सक्छन्। तसर्थ, तिनीहरूसँग सावधान हुनुपर्छ।

कहिले हुन्छ मित्रताको असली पहिचान ? 

आचार्य चाणक्यका अनुसार मानिसको खराब समय आएपछि सच्चा मित्रको पहिचान हुन्छ। मित्रताको पहिचान जहिले पनि संकटको अवस्थामा हुन्छ। जो सच्चा साथी होइनन् उसले खराब समयमा साथ दिदैन। यस्ता साथीहरू स्वार्थी, मतलबी र लोभी हुन्छन्।

प्रकाशित : बुधबार, चैत १६, २०७८१७:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चैत्र अमावस्यामा बनेको छ ४ दुर्लभ संयोग, कालसर्प दोषबाट मुक्ति पाउन गर्नुहोस् यस्ता उपाय !