काठमाडौँ : ग्रहहरुको सेनापति चैत २४ गते(०७ अप्रिल सन् २०२२) बिहिबार कुम्भ राशिमा गोचर गर्दैछ। त्यसपछि मङ्गल यस राशिमा जेठ ३ गते(१७ मे) सम्म विराजमान रहनेछ। ज्योतिषाचार्यका अनुसार, पराक्रम र साहसको कारक ग्रह मङ्गल शनिको राशि कुम्भमा प्रवेश गर्नु धेरै राशिका लागि लाभदायक हुनेछ। मङ्गल ग्रहको गोचरबाट कुन-कुन राशिका जातकलाई फलदायी हुन्छ त ? हेर्नुस्।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मङ्गल ग्रहको राशि परिवर्तनले मेष राशिको शुभ दिन सुरु हुनेछ। यस समयावधिमा काम र व्यापारमा ठूलो अवसर मिल्नेछ। गोचर कालको समय लगानीको लागि सर्वोत्तम रहनेछ। तपाईले सम्बन्धमा केही समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। गोचर कालमा तपाईले आफ्नो वाणीमा संयमता राख्न आवश्यक छ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
मङ्गलको गोचरबाट वृष राशिका जातकलाई विशेष लाभ मिल्नेछ। यस राशिका व्यक्तिहरुले करियर र व्यापारमा अथाह प्रगति गर्ने योग छ। यसका साथै अचानक धन लाभको प्रबल सम्भावना छ। तपाईको आयमा वृद्धि हुन् सक्छ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मङ्गल गोचर कालमा तपाईको कमाईमा वृद्धि हुन् सक्छ। व्यापारी-व्यावसायीका लागि गोचर कालको अवधि शुभ रहनेछ। यस समयमा जग्गा-जमिनमा लगानी गर्नु उचित हुनेछ। लगानी गर्नुअघि आफ्ना शुभचिन्तकहरूसँग परामर्श लिनु महत्त्वपूर्ण छ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
धनु राशिका व्यक्तिहरुले मङ्गल गोचर कालमा दाजुभाई तथा दिदी-बहिनीको साथ-सहयोग पाउनेछन्। नोकरी र व्यापारमा लाभको स्थिति बन्नेछन्। धनलाभको योग बन्नेछ। मङ्गल गोचरको समयावधिमा तपाईका रोकिएका कामहरु पूरा हुनेछन्।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
कुम्भ राशिका व्यक्तिहरुले मङ्गल गोचर कालमा काम र करियरमा उल्लेखनीय प्रगति गर्नेछन्। यद्यपि यस अवधिमा स्थान परिवर्तनको सम्भावना पनि रहनेछ। मङ्गल गोचरको अवधिमा कुनै पनि काम गर्नु पूर्व सोचविचार गर्नु उचित हुन्छ।