सूर्य अस्तको समयमा भुलेर पनि नगर्नुस् यस्तो काम, धन-स्वास्थ्य-सम्मानमा हानि हुनेछ !

हिन्दू धर्म, वास्तु शास्त्र, ज्योतिष शास्त्र आदिमा हरेक दिन र दिन र रातको विभिन्न समयका बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताइएको छ । यसअन्तर्गत कुन समय कुन काम गर्न उपयुक्त हुन्छ र कुन काम कस्तो समयमा गर्न हुँदैन भन्ने पनि विस्तृत रूपमा बताइन्छ । वास्तु शास्त्रका अनुसार सूर्यास्तको समयमा केही यस्ता काम गर्नु हुँदैन किनभने त्यस काम गर्दा नकारात्मकता आउँछ। सूर्यास्तको समयमा गरिने यी कामले जीवनमा धन हानि, रोग जस्ता समस्या निम्त्याउँछ।

सक्रिय हुनेछन् नकारात्मक शक्ति

शास्त्रका अनुसार सूर्यास्तको समयमा र त्यसपछिको समयमा नकारात्मक ऊर्जा सक्रिय हुन्छ, त्यसैले यस समयमा केही यस्ता काम नगर्न उल्लेख गरिएको छ । साथै यस समयमा देवी देवताको आराधना गर्नु शुभ मानिन्छ जसको कारण नकारात्मक ऊर्जाले असर पर्दैन ।

साँझको समयमा कस्ता काम गर्नु हुँदैन 

साँझको समयमा घरको मुख्य ढोका कहिल्यै बन्द नगर्नुहोस्। यस समयमा सधैँ घरको ढोका खुला राख्नुहोस्। यस समयमा माता लक्ष्मीको घरमा मात्र प्रवेश हुने जनविश्वास छ । यस्तो अवस्थामा ढोका बन्द राख्दा लक्ष्मी आउँदैनन् र घरमा गरिबी आउँछ । त्यस्तै साझको समयमा तुलसीको बोटको छेउमा दियो बल्नु धेरै शुभ मानिन्छ तर यस समयमा तुलसीको बोटलाई भुलेर पनि छुनु हुँदैन । बेलुका तुलसीलाई छोएमा उनी रिसाउँछिन् ।

बेलुको समयमा कसैलाई लसुन-प्याज, नुन, अमिलो चीज र सियो दिनु हुँदैन। यी चीजहरू यस समयमा लिनु पनि हुँदैन । जरुरत परेमा बजारबाट यी चिज किनेर किन्न चाहिनेलाई पैसा दिनुहोस् । त्यस्तै साझको समयमा घरमा आएको भिक्षुलाई खालि हात फर्काउनु हुँदैन ।आफ्नो क्षमता अनुसार केही दाङ गर्नु पर्दछ ।

साँझको समयमा आर्थिक लेनदेन नगर्नुहोस्। कसैबाट उधारो लिने-दिने नगर्नुहोस् । यो समयमा ऋण लिएको पैसा फिर्ता नहुने विश्वास छ। साँझको समयमा कहिल्यै सुत्नु वा झगडा नगर्नुहोस्। साँझमा लक्ष्मीजी आउने गर्दछिन् र यस समयमा झगडा हुँदा लक्ष्मीको सट्टा बहिनी अलक्ष्मीको आगमन हुन्छ, जसले घरमा गरिबी ल्याउँछ। जसको कारण  घरमा आर्थिक नोक्सान निम्त्याउँछ  ।

प्रकाशित : बुधबार, चैत १६, २०७८१४:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चैत्र नवरात्रि ५ राशिलाई खास हुँदै, यस्ता काम गर्नाले शनिको प्रभावबाट मिल्नेछ छुटकारा !