ज्योतिष शास्त्रका अनुसार अप्रिल महिना ग्रह र नक्षत्रको दृष्टिकोणले विशेष हुने भएको छ । वास्तवमा यस महिनामा धेरै ग्रहले राशि परिवर्तन गर्दै छन् । यस बाहेक नक्षेत्रमा पनि परिवर्तन आउने भएको छ । ग्रह र नक्षत्र परिवर्तनको प्रभाव सबै राशिमा पर्नेछ। ग्रह र नक्षत्रको स्थितिका कारण केही राशिका व्यक्तिहरूलाई समस्याको सामना गर्नुपर्ला भने केही राशिका व्यक्तिहरूलाई आर्थिक तथा मानसिक समस्याबाट मुक्ति पाउन सकिन्छ। यस्तो अवस्थामा अप्रिलमा कुन-कुन ग्रहले आफ्नो राशि परिवर्तन गर्नेछन् र कुन राशिलाई अत्याधिक लाभ हुनेछ जान्नुहोस् ।
ज्योतिष शास्त्र अनुसार मंगल ग्रह ७ अप्रिलमा कुम्भ राशिमा प्रवेश गर्नेछ । त्यसको भोलिपल्ट अप्रिल ८ मा बुध मेष राशिमा प्रवेश गर्नेछ। यसपछि १२ अप्रिलबाट राहु-केतु उल्टो चाल चल्नेछन् । राहु मेष राशिमा प्रवेश गर्नेछ भने केतु तुला राशिमा प्रवेश गर्नेछन्। अप्रिल १३ मा बृहस्पति मीन राशिमा प्रवेश गर्नेछ। अप्रिल १४ मा सूर्य मेष राशिमा प्रवेश गर्नेछ। अप्रिल २७ मा बुध वृष राशिमा प्रवेश गर्नेछ । महिनाको अन्त्यमा अप्रिल २९ तारिकमा शनिदेव कुम्भ राशिमा प्रवेश गर्नेछन् ।
मिथुन राशि

अप्रिल महिना मिथुन राशिका लागि निकै लाभदायक साबित हुने देखिन्छ । वास्तवमा यो राशिमा शनिको ढैयाको प्रभाव रहनेछ । तर शनिको राशि परिवर्तनले यस राशिका मानिसले शनिको दसाबाट मुक्ति पाउनेछन्। जसका कारण रोकिएका काम यसै महिनामा सम्पन्न हुनेछन् । केही नयाँ समाचार सुन्न पाइनेछ । आर्थिक स्थितिमा उल्लेखनीय सुधार हुनेछ। यसका साथै सम्बन्धमा आउने बाधाहरू पनि हट्नेछन्।
कन्या राशि

कन्या राशिका लागि अप्रिल महिना लाभदायी रहनेछ। नोकरीमा परिवर्तनको विशेष योग रहेको छ । सरकारी जागिर गर्ने व्यक्तिको कार्य क्षेत्रमा परिवर्तन आउन सक्छ। कार्यालयमा मान सम्मान बढ्नेछ। आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। यसका साथै नोकरीमा पदोन्नतिको पनि सम्भावना छ । घरमा खुसीको माहौल रहनेछ।
मकर राशि

यस समय मकर राशिमा शनिको उपस्थिति छ। अप्रिल २९ तारिकमा शनिदेवले मकर राशि छोडेर कुम्भ राशिमा प्रवेश गर्नेछन्। शनिको राशि परिवर्तनले आर्थिक अवस्था सुदृढ हुनेछ । साथै यस महिनामा भाग्यको पनि साथ मिल्नेछ । काममा नयाँ तथा लाभदायक अवसर मिल्नेछ । रिसलाई नियन्त्रणमा राख्नुहोला।
