ग्रहहरुको सेनापति मंगल देव आगामी अप्रिल ७ तारिकमा कुम्भ राशिमा प्रवेश गर्दै छन् । यसपछि १७ मेसम्म मंगला ग्रह यस राशिमा रहनेछन् । ज्योतिषीहरूका अनुसार पराक्रम र साहसको कारक शनिको राशि कुम्भ राशिमा मंगल ग्रहको प्रवेश धेरै राशिका लागि लाभदायक हुनेछ। जान्नुहोस् कुन राशिका व्यक्तिलाई मंगल ग्रहको गोचरबाट लाभ मिल्नेछ-
मेष राशि

मंगल ग्रहको राशि परिवर्तनले मेष राशिका लागि शुभ दिन सुरु हुने भएको छ । यस समयमा काम र व्यापारमा ठूला-ठूला अवसरहरु मिल्नेछ। लगानीका गर्नको लागि समय राम्रो रहनेछ । मेष राशिका मानिसले यस समयमा प्रेम सम्बन्धमा केही समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। राशि परिवर्तन अवधिमा आफ्नो बोलीमा संयमता राख्नु राम्रो हुनेछ ।
वृष राशि

वृष राशिको लागि मंगल ग्रहको राशि परिवर्तन निकै शुभ हुने भएको छ । यस राशिका वृष राशिको करियर तथा व्यापारमा अथाह प्रगति हुने सम्भावना छ । यसका साथै आकस्मिक आर्थिक लाभको सम्भावना रहेको छ । आम्दानी बढ्न सक्छ।
मिथुन राशि

मंगल देवको राशि परिवर्तनले मिथुन राशिको आम्दानीमा वृद्धि हुन सक्छ। व्यापार व्यवसायीका लागि समय शुभ रहनेछ । यस समयमा जमिन र सवारी साधनमा लगानी गर्न सकिनेछ । लगानी गर्नु अघि आफ्ना शुभचिन्तकहरूसँग परामर्श लिनु शुभ उचित छ।
धनु राशि

धनु राशिका लागि मंगल राशि परिवर्तन अवधिमा दाजुभाइको सहयोग मिल्नेछ। नोकरी र व्यापारमा लाभको स्थिति रहनेछ। धन लाभको योग हुनेछ । मंगलको राशि परिवर्तन अवधिमा धेरै रोकिएका कामहरू पूरा हुन सक्छन्।
कुम्भ राशि

कुम्भ राशिका व्यक्तिहरूले मंगल राशि परिवर्तन काम र करियरमा उल्लेखनीय प्रगति गर्न सक्छन्। त्यस्तै यस समयमा स्थान परिवर्तनको सम्भावना पनि रहनेछ। मंगल राशि परिवर्तन अवधिमा कुनै पनि काम गर्दा पहिले नै सोचेर गर्नु उचित हुनेछ।
