चैत्र १६ गतेको राशिफल : बुधबार तनावपूर्ण रहनेछ यी राशिका दिन

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं.२०७८ चैत्र १६ गते बुधबार हो। बुधबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –

चैत्र १६ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन –बुधबार (Wednesday)।।। नक्षत्र – शतभिषा , ११:०३ बजे उप्रान्त पूर्वभाद्रपदा ।।। तिथि – त्रयोदशी , १३:२५ बजे उप्रान्त चतुर्दशी ।।। करण – वणिज १३:२५ बजेदेखि भद्रा , २४:५३ बजे उप्रान्त नाग ।।। योग –शुभ , १३:२४ बजे उप्रान्त शुक्ल ।।। चैत १६, २०७८, बुधबार ।।। ३० मार्च, सन् २०२२ ।।। त्रयोदशी, चैत्र कृष्णपक्ष ।।। चिल्लागा, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ५: ५९ ।।। सूर्यास्त(sunrise) – १८:२०।।। कार्यक्रमहरू : – पिशाच चतुर्दशी ( पाशाचह्रे पूजा )।।।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

तपाईको स्वभावमा उग्रता रहनेछ। परिश्रम गरेपछि निर्धारित कार्य पूरा हुनेछ। शारीरिक स्वास्थ्य राम्रो रहनेछ। तपाईले ग्लानिको अनुभव गर्नुहुनेछ। भोजन र निन्द्रामा अनियमितता रहनेछ। स्त्री र पानीबाट टाढा रहनुहोला।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

सरकारी कार्यमा सफलता वा लाभ मिल्नेछ। तपाई निकै संवेदनशील रहनुहुनेछ। साहित्य लेखन तथा कला क्षेत्रमा  तपाईले योगदान गर्नुहुनेछ। परिवारको सदस्य विशेष रूपले आमासँग आत्मीयता बढ्नेछ। छोटो यात्रा हुन सक्छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

तपाईको दिनको सुरुवात स्फूर्ति र उर्जाका साथ हुनेछ। निर्धारित कार्य पूरा हुनेछ। आर्थिक योजनाको कारण तपाईको समस्या कम हुनेछ। पेसा वा व्यवसायमा सहकर्मीको सहयोग मिल्नेछ। मित्र तथा प्रियजनसँगको भेटले खुशी बढ्नेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

परिवारको सदस्यसँग मनमुटाव हुनेछ। तपाईको साथी परिवार तथा दिन निकै राम्रो रहनेछ। शुभ समाचार मिल्नेछ तथा आर्थिक लाभ पनि हुनेछ। श्रीमतीसँग राम्रो समय बित्नेछ। शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

समाजमा मान-सम्मान वृद्दि हुनेछ। शारीरिक स्वास्थ्य खराब हुन् सक्छ। आफ्नो बोलि र व्यवहारमा ध्यान राख्नुहोला। तपाई निकै भावुक रहनुहुनेछ। खर्चको मात्रा अधिक रहनेछ। स्त्री वर्गबाट बच्नुहोला।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

शारीरिक र मानसिक चिन्ताले निराश रहनुहुनेछ। विविध क्षेत्रमा  यश, कीर्ति र लाभ पाउनुहुनेछ। वृद्द तथा मित्रसँग तपाईको दिन आनन्दमा बित्नेछ। श्रीमती र बच्चासँग आनन्दमय समय बित्नेछ। दाम्पत्य जीवनमा आनन्द प्राप्त हुनेछ।  सन्तानको राम्रो समाचार मिल्नेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

घर र कार्यस्थलमा निकै राम्रो वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। कार्यालयमा उच्च पदाधिकारीबाट तपाईको कार्यको चर्चा मिल्नेछ। आमाको तर्फबाट लाभ मिल्नेछ। सरकारी कार्यमा सफलता मिल्नेछ ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

तपाई शारीरिक र मानसिक रुपले थकान र आलस्यको अनुभव गर्नुहुनेछ। यसको प्रभाव व्यवसायिक क्षेत्रमा देख्न पाउनुहुनेछ। सन्तानसँग मतभेद हुनेछ। कुनै पनि महत्त्वपूर्ण निर्णय नलिनुहोला।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

कुनै पनि नयाँ कार्य आरम्भ नगर्नुहोला। घाँटी तथा पेट सम्बन्धि समस्या रहनेछ। शल्यक्रिया जस्ता मामिलालाई सकेसम्म टाल्नुहोला। तपाई निकै चिन्तित रहनुहुनेछ। पानीबाट टाढा रहनुहोला। खर्च वृद्धि हुनेछ। बोलि र व्यवहारमा ध्यान राख्नुहोला ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

दैनिककार्य बाहेक तपाईले समय मनोरञ्जन तथा घुमेर बिताउनुहुनेछ। स्वादिष्ट भोजन प्राप्त हुनेछ तथा साथीसँग घुम्न जानुहुनेछ। तपाईको व्यापार वृद्धि  हुनेछ। सार्वजनिक जीवनमा मान-सम्मान बढ्नेछ। कार्यमा सफलताका साथसाथै स्वास्थ्य पनि राम्रो रहनेछ  ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

कार्यमा सफलता पाउनको लागि दिन उत्तम रहेको छ। तपाईद्वारा गरिएको कार्यबाट प्रसिद्धि र सफलता मिल्नेछ। परिवारमा सौहार्दपूर्ण वातावरण रहनेछ। तन-मनबाट ताजगी र स्फूर्तिको अनुभव हुनेछ। खर्च वृद्दि हुनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

तपाईको कल्पना शक्तिमा निखार आउनेछ। तपाईको  दिन साहित्य सिर्जनाको लागि उत्तम रहेको छ। विद्यार्थीले अध्ययनमा राम्रो गर्नेछन्। तपाईको स्वभावमा भावुकता र कामु;_-कता अधिक रहनेछ। मनमा भय रहनेछ। तपाईको लागि अनुकुल दिन रहेको छ।

प्रकाशित : मङ्गलबार, चैत १५, २०७८२०:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अप्रिल महिना यी राशिको खुल्दै भाग्य, माता लक्ष्मीको हुनेछ विशेष कृपा !