फिल्म निर्माता एस.एस. राजामौलीको मेगा-बजेट फिल्म ‘आरआरआर’ले बक्स अफिसमा उत्कृष्ट कमाई गरिरहेको छ । जुनियर एनटीआर र रामचरणको मुख्य भूमिका रहेको यो फिल्मले बक्स अफिसमा ‘सुनामी’ ल्याएको छ । दर्शकले लामो समयदेखि यस चरचित्रको पर्खाइमा रहेको थिए । अन्ततः यो चलचित्र गत शुक्रबारबाट हलमा प्रदर्शन भएको छ, जसलाई मानिसहरुले निकै मन पराएका छन् ।
फिल्मले पहिलो हप्तामै नयाँ कीर्तिमान बनाएको छ । साउथमा मात्रै होइन, हिन्दी भाषामा पनि यो फिल्मले धमाधम धमाकेदार प्रदर्शन गरिरहेको छ । फिल्मले हिन्दी बक्स अफिसमा पनि राम्रो व्यापार गरेको छ । योसँगै अब फिल्मको दोस्रो दिनको कले-क्शन पनि सार्वजनिक भएको छ, जुन सुनेर सबै छक्क परेका छन् ।
‘आरआरआर’ ले तेस्रो दिन ३१.५० करोडको व्यापार गरेको छ । योसँगै फिल्मले अहिलेसम्म हिन्दी बक्स अफिसमा ७४ करोड कमाइसकेको छ । कले-क्शन हेर्दा यो फिल्मले बक्स अफिसमा सुनामी ल्याएको भन्न सकिन्छ ।
फिल्मले पहिलो दिनको कलेक्शनबाट नै धेरै रेकर्ड तोडेको छ । ‘बाहुबली’ पछि राजामौलीको ‘आरआरआर’ ले भारतीय चलचित्र क्षेत्रमा धमाका गरेका छन् । फिल्म हेरेपछि हलबाट बाहिर निस्कनेहरु यसको तारिफ गर्दा थाकेका छैनन् । साउथ सुपरस्टार जुनियर एनटीआर र राम चरण अभिनीत यस फिल्ममा बलिउड कलाकार आलिया भट्ट र अजय देवगन पनि महत्वपूर्ण भूमिकामा देखिएका छन् ।