छिल्लो केही दिनमा सामाजिक सञ्जालमा लगातार बलिउड स्टारहरुको तस्बिर भाइरल भइरहेको छ । भाइरल भइरहेका यी तस्बिरहरुमा साना बालबालिका देखिएका छन्, जो आजको समयमा बलिउड उद्योगका चर्चित कलाकार हुन् । अहिले यी तस्बिर चिन्नको लागि मानिसहरि बिचमा प्रतिष्पर्धा भइरहेको छ । की तस्बिरमा देखिएका बच्चा बच्ची को हुन् ?
त्यस्तै अहिले सामाजिक सञ्जालमा एक बच्चीको तस्बिर निकै भाइरल भएको छ । तस्बिरमा देखिएकी बच्चीलाई चिन्न मानिसहरुलाई अहिले निकै मुस्किल भएको छ । वास्तवमा तस्बिरमा देखिएकी बच्ची बलिउड उद्योगको एक प्रसिद्ध कलाकार हुन् र उनले धेरै लोकप्रिय बलिउड अभिनेताहरूसँग काम गरिसकेकी छिन्।
भाइरल तस्बिरमा देखिएकी यी बच्ची सन् २०१४ मा रिलिज भएको फिल्म ‘किक’ मा अभिनेता सलमान खानसँग काम गरेकी थिइन् र उनीहरुको जोडीलाई मानिसहरुले निकै मन पराएका थिए । यस चलचित्रपछि सलमान खानको यस अभिनेत्रीसँग प्रेम सम्बन्धको चर्चा पनि चलेको थियो । वास्तवमा तस्बिरमा देखिएकी यी सानी बच्ची अरु कोही नभई बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज हुन् ।
यो तस्बिर ज्याकलिन फर्नान्डेजको बाल्यकालको तस्बिर हो । जसमा अभिनेत्री निकै क्यूट देखिएकी छिन् । ज्याकलिन फर्नान्डिजको नाम अहिलेको समयमा बलिउडकी शीर्ष अभिनेत्रीको सूचीमा पर्ने गर्दछ । यद्यपि रेस २, किक, हाउसफुल २ फिल्म उनको करियरमा कोसेढुङ्गा साबित भएका छन् । ज्याकलिन फर्नान्डिजले अभिनेता सलमान खान, अक्षय कुमार, इमरान खान जस्ता स्टारसँग काम गरिसकेकी छिन् । यतिबेला ज्याकलिन फर्नान्डिज आफ्नो आगामी फिल्म ‘अट्याक’ को प्रमोशनमा व्यस्त छिन् ।