पापमोचनी एकादशीः आज यस्ता कामहरू गर्नबाट बच्नुहोस्, नत्र ठूलो नोक्सानी हुनेछ !

आज पापमोचनी एकादशी, पापमोचनी एकादशी भन्नाले पाप नष्ट गर्ने एकादशी भन्ने बुझ्न सकिन्छ । यस दिन विधिपूर्वक भगवान विष्णुको पूजा गर्नुपर्छ । पापमोचनी एकादशीका दिन कसैको अपमान गर्न र झुट बोल्नबाट सावधान रहनुपर्छ । यो व्रत गर्नाले ब्रह्म-ह:त्या, स्वर्ण चोरी, मदिरा सेवन, अहिंसा, भ्रूण हत्या लगायतका गम्भीर पापबाट मुक्ति प्राप्त हुन्छ ।

जानी वा नजानी भएको पापबाट मुक्ति दिलाउने व्रत
पृथ्वीमा हरेक मानिस तथा अन्य जीव आफ्नो कर्मसँग बाँधिएका छन्। धेरै पटक जानी नजानी कर्म गर्दा पुण्य कमाउँछौँ, भने कतिप पटक पाप पनि हुने गर्दछ । पापलाई दुःखको कारण मानिन्छ। पापको कारण मानिस जीवन मृत्युको चक्रमा फसेको हुन्छ ।

यस चक्रबाट मुक्त हुनको लागि पाप कर्मको बोझबाट मुक्त हुन आवश्यक छ। यसका लागि शास्त्रमा यज्ञ, दान र आत्म शुद्धिको लागि व्रत जस्ता धेरै नियमहरूको बारेमा बयान गरिएको छ। त्यस मध्ये एक हो एकादशी व्रत।

सबै पापबाट मिल्नेछ मुक्ति
वर्षको २४ वटा एकादशीमध्ये चैत्र महिनाको कृष्ण पक्षको एकादशीलाई पापमोचनी एकादशी भनिन्छ। पुराणमा भनिएको छ कि यस एकादशीको व्रत गर्नाले जानीजानी वा अनजानमा भएका सबै पापबाट मुक्ति मिल्छ ।

मनोकामन पुरा गर्नको लागि
आज एक वर्गाकार सेतो कपडामा दुर्गा मातालाई दुई मुट्ठी सेतो अन्न, दुई वटा अलैंची, एउटा सेतो फूल र एक सिक्का राखेर दुर्गा मातालाई अर्पण गर्नुहोस्।

प्रकाशित : सोमबार, चैत १४, २०७८१२:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विनाशको संकेत गर्दै चैत्र नवरात्रिमा माता दुर्गाको आगमन र प्रस्थान, यस्तो छ कारण ?