विनाशको संकेत गर्दै चैत्र नवरात्रिमा माता दुर्गाको आगमन र प्रस्थान, यस्तो छ कारण ?

चैत्र नवरात्रि २ अप्रिल २०२२ देखि सुरु हुँदैछ, जुन ११ अप्रिलसम्म चल्नेछ। यस वर्षको नवरात्रि ९ दिनको भएकोले कुनै पनि तिथी नष्ट भएको छैन। यसरी ९ दिनसम्म व्रत बसी माताको पूजा आराधना गरिनेछ। नवरात्रिमा तिथीको क्षय नहुनु शुभ मानिन्छ। यस बाहेक यी नवरात्रिमा २ ठूला परिवर्तनहरू पनि भइरहेका छन्, जुन अत्यन्त शुभ मानिन्छ। तर, माता दुर्गाको सवारीले अप्रिय घटनालाई औंल्याइरहेको छ।

घोडामा सवार भएर आउने छिन् माता 

यसपटक माता दुर्गा घोडामा सवार भएर आउँदैछिन् र भैंसीमा चढेर निस्किनेछन्। यी दुबै सवारी साधनलाई राम्रो मानिएको छैन। यसले विवाद, तनाव, दुर्घटना र प्राकृतिक प्रकोपका सङ्केत गर्छ। यस्तो अवस्थामा ९ दिनसम्म पूर्ण भक्तिभावले देवी दुर्गाको पूजा गर्नाले अशुभ फल कम हुन्छ।

२ ग्रहले बदल्नेछन् राशि 

चैत्र नवरात्रिमा २ महत्वपूर्ण ग्रहले राशि परिवर्तन गर्न लागेका छन्। यी ९ दिनमा मंगल र बुध ग्रहले राशि परिवर्तन गर्नेछन्। अर्कोतर्फ शनिदेवले मकर राशिमा बसेर आफ्नो शक्ति बढाउनुहुनेछ। यसका साथै नवरात्रिमा रविपुष्य नक्षत्रसँगै सर्वार्थ सिद्धि योग, रवि योग बन्ने भएको छ। शनिबारदेखि नवरात्रि प्रारम्भ हुने र शनिदेवले मंगल ग्रहको साथमा मकर राशिमा बस्दा शुभ फल मिल्नेछ। समग्रमा यस समयमा माताको पूजा–आराधना गर्नाले कार्यमा सफलता मिल्नेछ। मनोकामना पूरा हुनेछन्।

प्रकाशित : सोमबार, चैत १४, २०७८१३:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चैत २९ गतेसम्म सतर्क रहनुस् ३ राशि, अस्त बुधले जीवनमा ल्याउनेछ आँधी-बेहरी