काठमाडौँ : ज्योतिष शास्त्र अनुसार कुनै ग्रह अस्ताउँदा त्यसको प्रत्यक्ष प्रभाव मानव जीवनमा पर्छ। अहिले ग्रहहरुको राजकुमार बुध अस्त अवस्थामा रहेको छ। बुधदेव फागुन ३० गते(१४ मार्च) सोमबार बिहान ५ बजेर ४० मिनेटमा अस्ताएको थियो। अब चैत्र २९ गते(१२ अप्रिल) मङ्गलबार साँझ ७ बजेर १७ मिनेटमा उदाउनेछ। बुधदेव कुल ३० दिनसम्मको लागि अस्त अवस्थामा रहनेछ। बुध अस्तले कुन-कुन राशिका जातकलाई नकारात्मक प्रभाव पार्छ त ?
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
बुध मेष राशिको ११ औँ भावमा अस्ताएको छ, जसलाई आय र लाभको भाव भनिन्छ। यसकारण यस राशिका जातकले काम र व्यवसायमा कठिनाइको सामना गर्नु पर्नेछ। आयका श्रोत घट्नेछन्। व्यापारीहरुका लागि कुनै महत्वपूर्ण सम्झौता बीचैमा रोकिन सक्छ। यस समयावधिमा पैसा लगानी गर्दा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
वृष राशिका लागि बुधको अस्त कष्टकारी साबित हुन् सक्छ। बुध वृष राशिको काम र करियरको भावमा अस्ताएको छ। जसकारण काममा कठिनाईको सामना गर्नुपर्नेछ। रोजगारीको अवसर गुम्न सक्छ। कार्यस्थलमा कामको दबाब बढ्नेछ। वरिष्ठ अधिकारीहरुसँग सम्बन्ध बिग्रिन् सक्छ। काममा गरेको मेहनतको फल नमिल्ने सम्भावना छ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
बुध मिथुन राशिको ९ औँ भावमा अस्ताएको छ। नवौँ भावलाई भाग्य र विदेशको भाव मानिन्छ। बुध अस्तको प्रभावले मिथुन राशिका जातकलाई चैत्र २९ गतेसम्म भाग्यले कम साथ दिनेछ। पूर्णता पाउनै आँटेका काम बीचैमा रोकिन् सक्छ। बुध अस्त कालमा तपाईले कागजातसम्बन्धी समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। व्यापारमा कुनै पनि सम्झौता अन्तिम समयमा रोकिन सक्छ। कार्यस्थलमा सहकर्मीहरूसँग मतभेद हुन सक्छ।