रोहनसँग ब्रेक-अपको हल्लापछि अभिनेत्री श्रद्धाको आयो यस्तो प्रतिक्रिया !

सामाजिक सञ्जालमा शुक्रबार बिहान देखि नै बलिउड अभिनेत्री श्रद्धा कपूर र रोहन श्रेष्ठको ब्रेक-अपको खबरले निकै चर्चा पाएको छ । यसै समयमा अभिनेत्री सामाजिक सञ्जालमा उनको सम्बन्धलाई लिएर चर्चा बढेपछि आफ्नो प्रतिक्रिया दिएकी छिन् । अहिले अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट सार्वजनिक गर्दै क्याप्सनमा लेखेकी छिन् छिन्, ‘थप सुनाऊ ???’ ।

सामाजिक सञ्जालमा रोहन र श्रद्धाको प्रेम सम्बन्धको चर्चा चले पनि सामाजिक सञ्जालमा संवादको क्रममा अभिनेत्रीले उनीहरुको प्रेम सम्बन्धलाई कहिले पनि स्वीकार गरेकी छैनन् । केही समय पहिले पनि उनीहरु छुट्टिएको खबर सार्वजनिक भएको थियो । अहिले सामाजिक सञ्जालमा सेती चर्चा चल्नुको कारण हो हालै अभिनेत्रीको जन्म दिनको पार्टीमा रोहन सहभागी भएनन् ।

स्रोतका अनुसार यी दुई पछिल्लो चार वर्षदेखि सम्बन्धमा थिए । उनीहरु बिचमा मात्र राम्रो सम्बन्ध नभई उनीहरुको परिवार बिचमा पनि राम्रो सम्बन्ध रहेको छ । केही भारतीय मिडियाको अनुसार दुईको सम्बन्धमा जनवरीदेखि नै खट्पट सुरु भएको बताइएको छ ।

प्रकाशित : शुक्रबार, चैत ११, २०७८१४:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

४८ वर्षको उमेरमा अभिनेत्री मलाइकाको यस्तो रुप, तस्बिरबाट नजर हटाउन सकेनन् फ्यानले !