काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। सूर्य एक राशिमा करिब एक महिनासम्म रहन्छ, यसरी एक वर्षमा १२ राशिको चक्र पूरा हुन्छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं.२०७८ चैत्र ११ गते शुक्रबार हो। शुक्रबारको दिन कुन-कुन राशिलाई लाभ र कुन-कुन राशिका जातक सावधान रहनुपर्नेछ त ? पढ्नुहोस् मेष राशिदेखि मीन राशिसम्मको राशिफल : –
चैत्र ११ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन – शुक्रबार(Friday)।।। नक्षत्र – मूल , १७:१७ बजे उप्रान्त पूर्वाषाढा ।।। तिथि – अष्टमी , २३:०४ बजे उप्रान्त नवमी ।।। करण – वालव १२:१६ बजेदेखि कौलव , २३:०४ बजे उप्रान्त वणिज ।।। योग – वरियान् , २६:५२ बजे उप्रान्त परिघ ।।। चैत ११, २०७८, शुक्रवार।।। २५ मार्च, सन् २०२२ ।।। अष्टमी, चैत्र कृष्णपक्ष ।।। चिल्लागा, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ६: ०५ ।।। सूर्यास्त(sunrise) – १८:१७।।। कार्यक्रमहरू : – शीतलाष्टमी ।।।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
तपाईको तन र मन स्वस्थ रहनेछ। खर्चको चिन्ताले मन अशान्त रहनेछ। बोलीमा ध्यान राख्नुहोला। बाहिरको खानेकुरा नखानुहोला। मनमा नकरात्मक एवम उदासीन विचार आउन नदिनुहोला। आर्थिक दृष्टिकोणले दिन मध्यम फलदायी रहेको छ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
शारीरिक वा मानसिक रुपले स्वस्थ रहनुहुनेछ। कार्यप्रति एकाग्र रहनुहुनेछ। धन लाभ होला। धन सम्बन्धित विषयमा सुयोजित गर्नुहुनेछ। परिवारसँग समय सुखपूर्वक बिताउनुहुनेछ। आत्मविश्वास बढेको महसुस गर्नुहुनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
शारीरिक एवम मानसिक अस्वस्थता कारण निराशा अनुभव गर्नुहुनेछ। विशेषगरी आँखामा पीडा हुनेछ। परिवार र आफन्तसँग कुनै घटना हुनेछ। कुराकानी वा व्यवहारको कारण भ्रममा नपर्नुहोला। आयको अपेक्षा खर्च अधिक हुनेछ। मानसिक चिन्ताको कारण निराश रहनुहुनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
तपाईको दिन आनन्द र उल्लासमा बित्नेछ। व्यापारमा लाभ हुनुको साथसाथै आयको श्रोत बढ्नेछ। साथीसँग भएको भेटले आनन्द महसुस गराउनेछ। विवात्सुकको लागि बिहेको योग रहेको छ। शारीरिक एवं मानसिक स्वास्थ्य स्वस्थ रहनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
दृढ मनोबल र आत्मविश्वासले हरेक कार्य सफलतापुर्वक सम्पन्न हुनेछ। व्यवसायको क्षेत्रमा प्रतिभा बढ्नेछ। कला एवं खेलकुदमा आफ्नो प्रतिभा दर्शाउनु हुनेछ। सरकारको साथसाथै धनको व्यवहार गर्नुहुनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
दिन निकै शुभ रहनेछ। धार्मिक कार्य एवम यात्राको लागि समय अनुकुल रहेको छ। स्त्री मित्रबाट लाभ हुनेछ। वैदेशिक यात्राको लागि अनुकुल दिन रहेको छ। विदेशस्थित आफन्तबाट समाचार मिल्नाले आनन्द मिल्नेछ। भाई-बहिनीबाट आर्थिक रूपले लाभ हुनेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
बोलीमा विचार पुर्याउनुहोला। सरकार विरोधी प्रवृत्ति, क्रोध एवम कामवृत्तिभन्दा टाढा रहनुहुनेछ। नयाँ सम्बन्ध अनिष्टकारक हुन् सक्नेछ। आर्थिक संकट आउन सक्छ। ईश्वरको आराधना एवं आध्यात्मिकताले तपाईको मनलाई शान्ति प्रदान गर्नेछ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
सामान्य दैनिक कार्यलाई भुलेर आनन्दमा हराउनुहुनेछ। कुनै मनोरञ्जन स्थल वा पर्यटनस्थलमा जानाले मन अति प्रसन्न रहनुहुनेछ । समाजमा मान-सम्मानको प्राप्ति हुनेछ। मित्र -आफन्तसँग घुमफिर गर्नुहुनेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
तपाईको लागि दिन हर्षोल्लासमय रहनेछ। परिवारमा आनन्दको वातावरण छाईरहनेछ। तपाईको मन प्रफुल्लित रहनेछ। तपाईको शारीरिक स्वास्थ्य शुभ रहनेछ। व्यवसायिक दृष्टिकोणले दिन लाभदायी रहनेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
निर्णायत्मकताको अभाव वा मनको चिन्ताग्रस्त हुनाले कति कुरा बुझ्नुहुनेछैन। स्वास्थ्यको विषयमा चिन्ताले सताउनेछ। उच्च अधिकारीको रिसको सामना गर्नुपर्नेछ। सन्तानसँग मतभेद हुनेछ। प्रतिस्पर्धिसँग विवादमा नउत्रिनुहोला।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
मन निकै संवेदनशील रहनेछ। विद्याप्राप्तिमा सफलता मिल्नेछ। आयोजित हरेक कार्य राम्रोसँग सम्पन्न हुनेछ। स्त्रीको सौन्दर्य प्रसाधनमा खर्च हुनेछ। सम्पत्ति-घरको महत्वपूर्ण कागजातमा हस्ताक्षर नगर्नुहोला।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
अत्यावश्यक निर्णयको लागु गर्न दिन उत्तम रहेको छ। सिर्जजनात्मक शक्तिमा वृद्धि हुनेछ। वैचारिक दृढता एवं मानसिक स्थिरताको कारण कारण कार्यसफलतामा सरलता हुनेछ। जीवनसाथीको पूर्ण सहयोग मिल्नेछ। सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ।