राहु मंगल ग्रहको राशिमा प्रवेश गर्दै, ४ राशिलाई हुनेछ नसोचेको सफलता: गर्नेछन् खुब प्रगति !

ज्योतिष शास्त्रमा राहुलाई पापी र क्रूर ग्रह मानिन्छ। यसको नराम्रो प्रभावले जीवनमा धेरै समस्या ल्याउँछ। कुण्डलीमा राहुको खराब स्थितिले कठोर बोली, छाला रोग, गम्भीर रोगको शिकार बनाउँछ। यद्यपि, यो धार्मिक यात्रा र राजनीतिमा पनि एक कारक हो। सामान्यतया राहुको सम्बन्धमा मानिसको मनमा शनिको जस्तै डरको भावना हुन्छ।

तर राहुले सधैँ अशुभ फल दिन्छ भन्ने होइन। यसले शुभ फल पनि दिने गर्छ। सुस्त गतिमा चल्ने राहुदेवले १८ महिनापछि १२ अप्रिल २०२२ मा मंगल ग्रहको राशि मेषमा राशि परिवर्तन गर्न लागेका छन्। राहुको यो राशि परिवर्तन ४ राशिका व्यक्तिका लागि निकै शुभ साबित हुनेछ।

मिथुन राशि 

राहुको गोचरले मिथुन राशिका मानिसहरुलाई मिहिनेतको पूर्ण फल दिनेछ। विशेषगरी प्रशासनिक सेवामा आबद्ध व्यक्तिहरूले ठूलो उपलब्धि हासिल गर्न सक्छन्। व्यापार व्यवसायीहरुका लागि पनि राम्रो समय रहेको छ। लगानी गर्दा लाभ मिल्नेछ।

कर्कट राशि 

राहुको गोचरले कर्कट राशिका लागि धेरै धनलाभ दिनेछ। आर्थिक स्थितिमा ठूलो परिवर्तन देख्न सकिन्छ। हरेक काममा प्रशंसा मिल्नेछ। व्यापार फस्टाउनेछ। लगानीको लागि यो राम्रो समय रहनेछ।

वृश्चिक राशि 

राहुको राशि परिवर्तनले वृश्चिक राशिका लागि धन कमाउने धेरै अवसरहरू ल्याइरहेको छ। यस समयमा, तपाईंले अथाह पैसा कमाउनुहुनेछ र ठूलो बचत पनि गर्नुहुनेछ। नयाँ व्यापार सुरु गर्न चाहनेहरूका लागि यो समय राम्रो हुनेछ। लगानीमा ठूलो फाइदा हुनेछ। पदोन्नतिको प्रबल सम्भावना छ।

कुम्भ राशि 

राहुको गोचरले कुम्भ राशिका लागि धेरै लाभ दिनेछ। आम्दानी बढ्नेछ। व्यापारीहरूले मनग्य लाभ उठाउनेछन्। तपाईंले यति धेरै पैसा कमाउनुहुनेछ कि तपाईं बलियो बैंक ब्यालेन्स बनाउन सक्षम हुनुहुनेछ। लगानी, शेयर बजारबाट लाभ हुनेछ।

प्रकाशित : शुक्रबार, चैत ११, २०७८१२:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

३० वर्षपछि ग्रह चक्रमा ठूलो उथलपुथल, ४ राशिको जीवन कायापलट हुँदै: हुनेछ लाभै-लाभ !