ग्रह गोचर : मीन राशिमा बुधको आगमनले शेयरबजार र अर्थव्यवस्थामा उतारचढाव, ३ राशि रहनुस् सजग

काठमाडौँ : बुध चैत्र १० गते(२४ मार्च) बिहिबार मीन राशिमा प्रवेश गरेको छ। जसकारण मीन राशिमा बुधादित्य योग बनेको छ। बुध ग्रहको चालमा परिवर्तन आउँदा ५ राशिका लागि शुभ समय सुरु हुनेछ। साथै, मेष, धनु र मकर राशिका व्यक्तिहरुले भने सावधानी अपनाउनुपर्नेछ। यी बाहेक ४ राशिका लागि मिश्रित समय रहनेछ।

ज्योतिषाचार्यका भनाई अनुसार बुधको राशि परिवर्तन हुँदा आय, लगानी र लेनदेनमा प्रभाव पर्छ। जसकारण केही मानिसहरुको आर्थिक स्थिति मजबूत हुन्छ भने केहीले हानि-नोक्सानी ब्होर्नुपर्नेछ। यस ग्रहका कारण शेयर बजारसँग सम्बन्धित मानिसहरु बढी प्रभावित हुन्छन्। यसका साथै शरीरमा नसा, स्नायु प्रणाली, घाँटी र छालासँग सम्बन्धित रोगहरु पनि बुधको कारण हुने गर्दछ। यस ग्रहका कारण तर्कशक्ति प्रभावित हुन्छ। साथै पत्रकारिता, शिक्षा, लेखन र वकालतसँग सम्बन्धित व्यक्तिहरूको कामकाजमा पनि ठूलो परिवर्तन आउँछ ।

शुभ : वृष, मिथुन, सिंह, तुला र कुम्भ राशि

मीन राशिमा बुधको आगमनले वृष, मिथुन, सिंह, तुला र कुम्भ राशिका व्यक्तिहरुका सुखद् समय सुरु हुनेछ। यी राशिका व्यक्तिहरुले काम र व्यापारमा प्रगति गर्ने अवसर पाउनेछन्। रोकिएको धन फिर्ता हुने सम्भावना छ। लेनदेन र लगानीबाट फाइदा हुन् सक्छ। यस बाहेक यी राशिका व्यक्तिहरूले ठूलो कामको योजना बनाउनेछन्। यी व्यक्तिहरूको तर्कशक्ति पनि बढ्छ।

सामान्य : कर्कट, कन्या, वृश्चिक र मीन राशि

बुधको राशि परिवर्तन कर्कट, कन्या, वृश्चिक र मीन राशिका व्यक्तिहरुका लागि सामान्य रहनेछ। यी ४ राशिका व्यक्तिहरुले सोचेका काम पूरा हुनेछन्। कामकाजको सम्बन्धमा नयाँ एवं शक्तिशाली व्यक्तित्वहरुसँग भेटघाट हुन् सक्छ। दैनिक कार्यमा पनि धेरै मेहनत गर्नुपर्नेछ। दौडधूप गर्नुपर्नेछ। साथै लेनदेन र लगानी सावधानीपूर्वक गर्नुपर्छ। स्वास्थ्यको मामिलामा यी राशिका व्यक्तिहरूले सावधानी अपनाउनुपर्छ।

अशुभ : मेष, धनु र मकर राशि

मीन राशिमा बुधको आगमनले मेष, धनु र मकर राशिका व्यक्तिहरूले सावधानी अपनाउनुपर्नेछ। यी ३ राशिका व्यक्तिको आर्थिक अवस्था कमजोर हुन् सक्छ। बचत समाप्त हुने र लगानीमा घाटा हुने सम्भावना छ। लेनदेनमा पनि सावधानी अपनाउनु पर्ने देखिन्छ। भाग्यले साथ दिनेछैन। नसासम्बन्धी रोगले च्याप्न सक्छ। रोजगारीमा गर्नेहरुका लागि काम परिवर्तन र स्थान परिवर्तनको सम्भावना छ ।

प्रकाशित : बिहिबार, चैत १०, २०७८१८:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

करोडौँको मालिकलाई पनि रोडमा ल्याउँछ यस्ता बानीले, भुलेर पनि नगर्नुहोस् यी ३ गल्ती !