यदि तपाईं जीवनमा सफल र धनी बन्न चाहनुहुन्छ भने, त्यसका लागि कडा परिश्रम, बुद्धि, क्षमता र अन्य केही चीजहरू चाहिन्छ। यसमा व्यक्तिको सही व्यवहार र बानी धेरै महत्त्वपूर्ण हुन्छ। यदी यी दुबै कुरा छैन भने सफलता पाएपछि व्यक्ति फेरि असफलताको खाडलमा फस्न सक्छ। आचार्य चाणक्य भन्छन् कि सफलता चाहने व्यक्तिले धेरै सावधानीपूर्वक व्यवहार गर्नुपर्छ। चाणक्य नीतिका अनुसार केही गल्तीबाट बच्नुपर्छ। अन्यथा मानिसले सफल भएर पनि आफ्नो जीवन बर्बाद गर्न सक्छ।
गलत काम
सफलता खोज्ने व्यक्तिले कहिल्यै अनैतिक काम गर्नु हुँदैन। यस्ता कार्यले मानिसको छविलाई धमिलो र सफलताको मार्गमा बाधा पुर्याउँछ। गलत बानी, गलत संगतले व्यक्तिलाई आफ्नो लक्ष्यबाट विचलित बनाउँछ, त्यसैले यस्ता चीजबाट सधैं टाढा रहनुहोस्।
बचत
राम्रो शिक्षा, स्वास्थ्य र आरामदायी जीवन बिताउन पैसा खर्च गर्नु राम्रो कुरा हो तर लामो समयसम्म अनावश्यक रूपमा पैसा खर्च गर्नाले धनीलाई पनि गरिब बनाउन सक्छ। त्यसैले खराब समयको लागि बचत गर्नुहोस्। अन्यथा, अनावश्यक खर्चले तपाईंको सफल जीवनलाई नष्ट गर्न सक्छ।
समयको महत्व
समयको महत्व बुझ्नुहोस्, यसलाई बर्बाद नगर्नुहोस्। सफलता पाउन चाहनेले आफ्नो हरेक पलको सदुपयोग गर्नुपर्छ। कुनै पनि मानिसले आफ्नो धन बचत गरेजस्तै समयको पनि त्यसैगरी सदुपयोग गर्न जान्नु पर्छ।