आजबाट आउँदो १५ दिनसम्म ५ राशिका लागि वरदान समान, धन लाभको प्रबल योग

काठमाडौँ : चैत्र १० गते बिहिबार मीन राशिमा बुध र सूर्य ग्रहको मिलनबाट बुधादित्य योगको निर्माण भएको छ। चैत्र १ गते(१५ मार्च) सूर्य मीन राशिमा गोचर गरेको थियो र चैत्र १० गते बुध पनि मीन राशिमा गोचर गरेको छ। यी दुवै ग्रह बैशाख(अप्रिल)सम्म मीन राशिमै रहनेछ। ज्योतिषाचार्यका अनुसार मीन राशिमा बुधादित्य योग निर्माण हुँदा ५ राशिका जातकलाई अत्याधिक लाभ हुनेछ। जान्नुहोस्, ती राशिहरु कुन-कुन हुन् त ?

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका जातकको आम्दानीमा वृद्धि हुने प्रबल सम्भावना छ। यस अवधिमा तपाईको आर्थिक पक्षमा सुधार आउनेछ। १५ दिनसम्म तपाईको लागि धन लाभको योग बन्नेछ। व्यवसायीले नाफा कमाउनेछन्।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

सूर्य-बुधको कृपाले मिथुन राशिका जातकलाई धेरै लाभ हुनेछ। व्यापार तथा जागिरसँग सम्बन्धित समस्या हट्नेछ। आयमा वृद्धि हुने योग छ। अचानक धन प्राप्तिको योग बन्नेछ। अनावश्यक खर्चमा नियन्त्रण हुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

बुधादित्य योगको कारण कर्कट राशिका जातकको भाग्योदय हुनेछ। हरेक क्षेत्रमा सफलता मिल्ने योग बन्नेछ। वैदेशिक यात्राको योग बन्नेछ। तपाईको लागि आउँदो १५ दिनको समय अत्यन्तै शुभ रहनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कन्या राशिका जातकलाई बुधादित्य योग फलदायी रहनेछ। वैवाहिक जीवनमा खुशीयाली आउनेछ। राम्रा मानिसहरुसँग भेट हुनेछ। साझेदारी व्यवसायमा मनग्य लाभ उठाउन सकिनेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

बुधादित्य योगको निर्माण कुम्भ राशिका जातकको लागि शुभ रहनेछ। आर्थिक पक्ष मजबूत हुनेछ। यस अवधिमा तपाईले ऋणबाट मुक्ति पाउनुहुनेछ। आफ्नो वाणीमा नियन्त्रण गर्नुहोस्। आफन्तहरुबाट सहयोग प्राप्त गर्नुहुनेछ।

प्रकाशित : बिहिबार, चैत १०, २०७८१४:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ज्योतिषी उपाय: यस्ता उपाय जसले आय वृद्धि हुनुको साथै, विशेष धन लाभ हुनेछ !