पलका मेनेजरको बयान: पालले नाबालिगसँगको सम्बन्ध बाहिरिएपछि सहयोग माग्दै दोब्बर बनाइदिए

नाबालिग बलात्कार गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाह शाहविरुद्धको थुनछेक बहस आज जारी रहेको छ । सूचना अनुसार आज भएको शाहविरुद्धको थुनछेक बहस सकिने सम्भावना अत्यन्तै न्यून रहेको छ ।

अभिनेता पल शाह अहिले नाबालिग बलात्कारको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका छन् भने अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मंगलबार मात्रै अभियोग पत्र दायर भएको थियो । अभिनेता पल शाहलाई १४ वर्ष सम्मको कैद सजायको मागदाबी गर्दै प्रहरी सरकारी वकिल कार्यालय तनहुँले चैत ८ गते मुद्दा दायर गरेको थियो ।

अहिले अभिनेताका नजिक विभिन्न मानिसको बयान लिने काम भइरहेको छ । त्यस्तैमा अहिले अभिनेताको नजिकका मित्र भनिने दुर्गेश थापा र अभिनेताका म्यानेजर कृष्ण जोशी बयान लिने काम भइरहेको छ ।

साथै अहिले अभिनेताका म्यानेजरको बयान पनि सार्वजनिक भएको छ । बयानमा अभिनेताका म्यानेजरले आफूलाई सुरुमा २५ हजार तलबमा राखिएको र पछि नाबालिगसँगको सम्बन्ध बाहिरिएपछि अभिनेताले सहयोग माग्दै आफ्नो तलब ५० हजार बनाइदिएको बताएका छन् ।

प्रकाशित : बिहिबार, चैत १०, २०७८१३:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सांगीतिक कार्यक्रमका लागि नेपाल आउने लागेका सलमानको परिश्रमिक ४ करोड ८० लाख !