काठमाडौँ- अहिले सामाजिक सञ्जाल बलिउडका अभिनेता सलमान खान नेपाल आउने खबर तातेको छ । आगामी जेठ १४ गते दशरथ रंगशालामा हुने ‘द ब्याङ टुर रिलोडेड’ कार्यक्रमका लागि सलमान नेपाल लागेका हुन् । यस भन्दा पहिले पनी सलमान नेपाल आउने खबरले सामाजिक सञ्जाल तातेको थियो त्यस समयमा केही कारण देखाउँदै अभिनेता नेपाल आएका थिएनन् ।
अहिले अभिनेता नेपाल आउने खबर सामाजिक सञ्जाल तताउनुको साथै अभिनेताले आगामी जेठ १४ गते दशरथ रंगशालामा हुने ‘द ब्याङ टुर रिलोडेड’ कार्यक्रमका लागि लिने पारिश्रमिकको विषयमा पनि निकै ठूलो चर्चा चर्की भएको छ । सूचना अनुसार अभिनेता सलमानले ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने बताएको छ ।
यस कार्यक्रममा सहभागी हुन आउने सलमान सहित अन्य कलाकारको परिश्रमिक जोड्ने हो भने ९ करोड ६० लाख रुपैयाँ हुने बताएको छ । यो रकमलाई नेपाली चलचित्रमा जोडेर हेर्ने हो भने अहिले नाम चलेका अभिनेता तथा अभिनेत्री राखेर लगभग ४ वटा चलचित्र निर्माण हुन्छन् ।
यस कार्यक्रममा अभिनेता सलमान सहित अभिनेत्री ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा चर्चित डान्स मास्टर प्रभु देवा, मनिष पौल, गुरु रान्धावा र आयुष शर्मा लगायतका कलाकार नेपाल आउने भएका छन् । यसको साथै नेपालमा रहँदा सलमानलाई सगरमाथा क्षेत्र सहित लुम्बिनीको भ्रमण गराउने तयारी भएको छ ।