आधा रातमा ११ किलोमिटर दौडेर कामबाट घर फर्कने यी युवा (भिडियो सहित)

अहिले सामाजिक सञ्जालमा भारतीय एक युवाको एक भिडियो निकै भाइरल भएको छ । भिडियोमा ती युवा रातको समयमा सडक पेटीमा दौडी रहेको देखिएका छन् । युवकको शरीरबाट पसिना बगेको देख्न सकिन्छ । अहिले सामाजिक सञ्जालमा भाइरल भएको भिडियो चलचित्र निर्माता विनोद काप्रीले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

निर्माता विनोद घर फर्कने क्रमम आधा रातमा सडकमा दौडी रहेका युवकलाई देखेर सोध्छन् । ‘नाम के हो तिम्रो ?’तब ती युवक आफ्नो नाम प्रदीप मेयरा भएको बताउँछन् । तब फेरी निर्देशक सोध्छन् ‘किन दौडेको, कहाँ जानेको आऊ बस मेरी कारमा मा छोड्दिन्छु । तब ती युवक भन्छन् ‘यो मेरो दैनिक क्रियाकलाप हो । हुँदैन दौडिनु पर्छ ।’

इन्डियन आर्मी बन्ने सपना बोकेका प्रदीप कामबाट घर फर्कदा कहिले गाडी नचढ्ने रहेछन् । आफ्नो सपनालाई साकार बनाउन उनी कामबाट घर फर्किदा दैनिक १० किलोमिटरको यात्रामा बताएका छन् । निर्माता विनोद काप्रीले ती युवालाई आफ्नो घरमा गएर खान खाएर जान आग्रह गर्छन् तब ती युवा ‘उनकी आमा अस्पतालमा भर्ना भएको र घरमा पुगेर उनले खाना पकाएर भाइलाई खुवाउनु पर्ने बताउँछन् । (भिडियो स्रोत बि बि सी हीन्दी)

प्रकाशित : बुधबार, चैत ०९, २०७८१७:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

४० वर्षको उमेरमा सनीले देखाइन् यस्तो अन्दाज, फ्यानलाई याद दिलाइन् पुराना दिन !