यस ग्रहको कमजोरीले पढ्न मन लाग्दैन, यो सजिलो उपायले बढ्नेछ एकाग्रता !

ज्योतिष शास्त्रमा बुधकले धेरै महत्त्वपूर्ण भूमिका खेल्छ र हाम्रो जीवनको धेरै विशेष घटकहरूलाई नियन्त्रण गर्दछ। बुधको रंग हरियो हुन्छ। वर्ण वैश्य हो । मिथुन र कन्या राशिको स्वामी बुध हो। कन्या राशि बुधको उच्च राशि पनि हो र मीन राशिमा बुध दुर्बल अर्थात् सबैभन्दा कमजोर हुन्छ। शनि, शुक्र र राहु बुधका अनुकूल ग्रह भएकाले राशि परिवर्तन कारण बुध एक महिना जुनसुकै राशिमा रहन्छ।

बुध तपाईको बोली, व्यवहार, दिमाग र सौन्दर्यको कारक ग्रह हो। कुण्डलीमा बुधको स्थितिले बताउँछ व्यक्ति कस्तो बोल्दछ । कस्तो व्यवहार गर्दछ । साथै व्यक्तित्व र बौद्धिकता निर्धारण गर्दछ।

ज्योतिष शास्त्रमा बुधलाई बुद्धि, तर्क, निर्णय क्षमता, स्मरण शक्ति, सोच्ने क्षमता, वाणी, बोल्ने क्षमता, उच्चारण, चातुर्य, सूचना, सञ्चार, यातायात, व्यापार, वाणिज्य, गणनात्मक विषय, लेखन, छाला, सौन्दर्य र सुगन्ध मानिन्छ। संचार र गहन अध्ययनको एक कारक मानिन्छ। बुध ग्रह कान, नाक, घाँटी र संचारसँग पनि सम्बन्धित छ।

यसले गणित र आर्थिक मामिलामा पनि सफलता ल्याउँछ। र यी सबै घटकहरूले हाम्रो जीवनमा धेरै महत्त्वपूर्ण भूमिका खेल्छन्। विशेष गरी बौद्धिक क्षमता आजको समयमा र सबै ठाउँमा सबैभन्दा बढी आवश्यक छ।

त्यस्ता व्यक्तिले जे पनि ढिलो बुझ्छ र प्रायः दुबिधामा रहन्छ। यदि बुध कमजोर छ भने, मानिसहरुमा यस्तो समस्या देखिन्छ । बुध देव कुण्डलीमा कम्जोर अवस्थामा भएमा हरेक बिहान तुलसीको पात खानुहोस्। यसपछि १०८ पटक ‘ॐ सरस्वताय नमः’ मन्त्रले जप गर्नुहोस्। प्रत्येक बुधबार गणेशजीलाई दुबो चढाउनुहोस् र यो दुबो आफूसँग राख्नुहोस्।

प्रकाशित : बुधबार, चैत ०९, २०७८१३:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शारीरिक, मानसिक र आर्थिक समस्या समाधान गर्न गर्नुहोस् शनि देवको यी ज्योतिषीय उपाय !