धार्मिक मान्यता अनुसार शनिदेव राम्रो कर्म गर्नेलाई राम्रो फल दिन्छन् भने नराम्रो काम गर्नेलाई नकारात्मक फल दिन्छन् । त्यसैले कुनै पनि कर्म गर्नुअघि त्यसको फल के हुने हो, त्यो आफैँले बुझ्नुपर्छ। सही बाटोमा हिड्ने हो भने शनिदेवको कृपा मिलिरहन्छ । सत्कर्म सहित भक्तिपूर्वक शनि देवको पूजा गर्नु निकै शुभ मानिन्छ । हामी यस पोस्ट मार्फत केही यस्ता उपायहरु बताउँने छौँ जसबाट शनिदेवको कृपा प्राप्त गर्न सकिन्छ ।
-शनिबार शनि यंत्रको स्थापना गर्नुहोस्। यसपछि हरेक दिन यस यंत्रको पूजा गर्नाले शनिदेव प्रसन्न हुन्छन् । प्रत्येक दिन यंत्रको अगाडि तोरीको तेलको दियो बाल्नुहोस्। साथै शनिबार साँझ बर र पीपलको रुखमुनि तोरीको तेलको दियो बाल्नुहोस् ।
-शनिबार काँचो धागो पिपलको रुख वरिपरि सात पटक बेर्नुहोस्। यस अवधिमा शनिदेवको मोनोक्षरी मन्त्र – ओम शनिश्चराय नमः जप गर्नुहोस्। यसो गर्नाले साढे शतीको सबै समस्या हट्छ।, शनिबार बिहान स्नान गरेर हनुमान चालिसा पढ्नुहोस्। हनुमान चालिसा पढ्ने व्यक्तिमा शनिदेवको नराम्रो दृष्टि कहिल्यै पर्दैन।
-शनिबार कालो छालाको जुत्ता वा चप्पल लगाएर शनिदेवको मन्दिरमा जानुहोस् र खाली खुट्टा घर फर्कनुहोस्। यस उपाय अपनाउनाले साढे सातीले चलेका मानिसलाई शनिदेवले आशिर्वाद दिने गरेको बताइन्छ । सूर्योदयअघि पिपलको पूजा गर्दा शनिदेव प्रसन्न हुन्छन् । शनिदेवलाई प्रसन्न पार्न पीपलको रुखलाई तेलमा फलामको किला लगाई चढाउनु पर्ने जनविश्वास छ ।