विवाहपछि भाग्य चम्किन्छ यी ३ राशि भएका युवतीको, हुन्छन् निकै भाग्यमानी

ज्योतिष शास्त्रमा १२ वटा राशिको बारेमा उल्लेख गरिएको छ । गरेका व्यक्तिको यी मध्ये कुनै एक राशिको हुन्छ। प्रत्येक राशिको आ-आफ्नै विशेषता हुन्छ। अर्थात् प्रत्येक राशिको आफ्नै गुण हुन्छ। ज्योतिष शास्त्रका अनुसार केही राशिका युवतीहरूलाई धेरै भाग्यमानी मानिन्छ। यी राशिका युवतीहरु भाग्यको मामिलामा अरूभन्दा अगाडि हुन्छन्। यस बाहेक बिहेपछि यी युवतीहरु आफ्ना श्रीमानका लागि भाग्यशाली साबित हुन्छन् । आउनुहोस् जानौँ ती राशिका बारेमा।

मेष राशि 

मेष राशिका युवती निकै साहसी र निडर हुन्छन् ।  यस राशिको स्वामी मंगल ग्रह हो। ज्योति षशास्त्रमा मंगल ग्रहलाई ग्रहहरूको सेनापति भनिन्छ। मंगल ग्रहको प्रभावका कारण यो राशिका युवतीहरू कुनै पनि  योजना बनाउनमा निपुण हुन्छन् ।  साथै यो राशिका युवतीहरु बिना योजना कुनै पनि काम गर्दैनन् ।  यस राशिका युवती जस्तो सुकै परिस्थितिसँग पनि समान गर्ने सक्ने आट भएका हुन्छन् । विवाह पछि यस राशिका युवतीहरुको भाग्य निकै उज्यालो हुन्छ । यी युवतीहरु पनि आफ्ना श्रीमानका लागि भाग्यशाली साबित हुन्छन् ।

मिथुन राशि

यस राशिका युवती ग-म्भीर स्वभावका हुन्छन्  । यस राशिका युवती हरेक काम जिम्मेवारीपूर्वक गर्छन् । मिथुन राशिको स्वामी बुध हो। बुधलाई ग्रहहरूमा राजकुमार भनिन्छ। यो ग्रह वाणी, व्यापार, संगीत, छाला र तर्क आदिसँग सम्बन्धित छ। ज्योतिष शास्त्रका अनुसार यो राशिका युवतीहरुको भाग्य बिहेपछि अचानक परिवर्तन हुन्छ । यसका साथै यस राशिका युवतीले आफ्नो पतिको मन सजिलै जित्छन्।

मीन राशि 

मीन राशि स्वामी बृहस्पति  देव हुन् ।  । यो ग्रह ज्ञान, उच्च शिक्षा, अध्यात्म आदिसँग सम्बन्धित छ। मीन राशिका युवती आफ्नो मान-सम्मान  र इज्जतमा कहिल्यै सम्झौता गर्दैनन्। मीन राशिका मानिसको भाग्य विवाहपछि चम्किन्छ भन्ने मान्यता छ । आफ्नो ज्ञान र विचारले मीन राशिका युवतीले श्रीमानको साथै घरका सबै सदस्यहरूको मन जित्छन्। यसका साथै पतिको सौभाग्य पनि बढाउँछ ।

प्रकाशित : बुधबार, चैत ०९, २०७८११:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस ग्रहको कमजोरीले पढ्न मन लाग्दैन, यो सजिलो उपायले बढ्नेछ एकाग्रता !