काठमाडौँ : ज्योतिषशास्त्रका अनुसार देवगुरु बृहस्पतिको राशि मीन राशिमा बुद्धादित्य योग बन्न लागेको हो। यो योग निकै शुभ मानिन्छ। यो योग शुभ साबित हुने राशि भएका व्यक्तिहरूलाई यसले धेरै प्रगति र धन प्रदान गर्दछ। चैत्र १ गते(१५ मार्च) मङ्गलबार सूर्यले गुरु अर्थात् बृहस्पति ग्रहको राशि मीन राशिमा प्रवेश गरेको थियो र अब चैत्र १० गते(२४ मार्च) बिहिबार अर्थात पर्सी बुध ग्रह पनि यस राशिमा प्रवेश गर्नेछ। यो ग्रह परिवर्तनले चैत्र १० गते देखि मीन राशिमा बुद्धादित्य योग बन्ने छ, जुन ५ राशिका व्यक्तिका लागि निकै शुभ सिद्ध हुनेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
वृष राशिका लागि बुधादित्य योग आम्दानी बढाउने सिद्ध हुनेछ। आम्दानीमा बलियो वृद्धिले आर्थिक अवस्थालाई धेरै बल दिनेछ। विभिन्न तरिकाबाट धन लाभ हुनेछ। व्यवसायीहरूको नयाँ व्यक्तिहरूसँग सम्बन्ध हुनेछ, जसले भविष्यमा बलियो लाभ दिनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशिका व्यक्तिहरूलाई नोकरी-व्यवसायमा बुद्धादित्य योगले धेरै लाभ दिनेछ। यस राशिका व्यक्तिहरूको उन्नति पनि हुनेछ र आम्दानीमा पनि वृद्धि हुनेछ। कतैबाट आकस्मिक आर्थिक लाभ पनि मिल्ने सम्भावना रहेको छ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
कर्कट राशिका व्यक्तिहरुको बुद्धादित्य योगले धन बढ्नेछ। सबै कुरामा सफलता मिल्नेछ। वैदेशिक यात्राको सपना पुरा हुनेछ। समग्रमा लाभदायक समय रहेको छ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
विशेषगरी कन्या राशिका व्यक्तिहरुको दाम्पत्य जीवनका लागि बुधादित्य योग निकै राम्रो रहनेछ। सम्बन्धमा मधुरता रहनेछ र सुखी दाम्पत्यको आनन्द मिल्नेछ। अर्कोतर्फ, साझेदारीमा काम गर्ने व्यक्तिहरूले ठूलो लाभ प्राप्त गर्न सक्छन्।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
कुम्भ राशिका लागि बुद्धादित्य योगले मनग्य आम्दानी ल्याउनेछ। अचानक धन प्राप्ति हुनसक्छ। रोकिएको धन पाउन सकिनेछ। धेरै ठाउँमा, तपाईंले आफ्नो मधुर बोलीका आधारमा मात्र ठूलो फाइदा लिन सक्नुहुन्छ।