काठमाडौँ : ज्योतिष शास्त्र अनुसार ग्रहको राशि परिवर्तनको प्रभाव सबै १२ वटै राशिमा पर्छ। शनिदेव छिट्टै अर्को राशिमा प्रवेश गर्न जाँदैछ। शनिले बैशाख १६ गते(२९ अप्रिल) राशि परिवर्तन गर्दैछ। कर्मफलदाता शनि मकर राशिबाट कुम्भ राशिमा गोचर गर्नेछ। शनिको राशि परिवर्तनले मीन राशिका मानिसहरुमा कस्तो प्रभाव पर्ला ? यसो भन्छन् ज्योतिषाचार्य : –
मीन लग्न एवं मीन राशिहरुका लागि शनि लाभ एवं व्ययको कारक हुने कारण यसलाई विशेष शुभ फलदायक ग्रहको रुपमा मानिँदैन्। शनि लाभस्थ भएर व्यय भावमा गोचर गर्दा केही नकारात्मक प्रभाव उत्पन्न गर्दछ। यस्तो अवस्थामा खर्चमा वृद्धि हुनसक्छ। आँखामा समस्या हुन् सक्छ। लामो दूरीका यात्रामा खर्च हुन् सक्छ। धार्मिक एवं व्यापारिक यात्राको अवसर मिल्न सक्छ। व्यापार विस्तारको प्रयोजनमा धेरै खर्च हुने सम्भावना छ।
मेष राशिको द्वितीय भावमा शनिको दृष्टि रहेको छ, जुन नीच दृष्टि हो। यस्तो अवस्थामा पारिवारिक विवाद, पारिवारिक तनाव, पारिवारिक खर्चमा वृद्धि, परिवारका सदस्यहरूबीच मनमुटाव, अचानक धन खर्च र सञ्चित गरिएको धनको क्षति हुनेछ। शनिको दृष्टि रोग, ऋण एवं शत्रु भावमा हुने कारण शत्रुमाथि विजय प्राप्ति, प्रतियोगितामा विजय प्राप्त हुनेछ। शनिको दृष्टि वृश्चिक राशिको भाग्य भावमा पनि हुँदैछ। यसकारण भाग्यमा अवरोध र पिताको स्वास्थ्यमा खर्च गर्नुपर्नेछ।
काममा बाधा वा अवरोध, मानसिक चिन्तामा वृद्धि, मनमा अन्योलता छाउने देखिन्छ। आयको दृष्टिले विदेशबाट धन आर्जनको सम्भावना रहनुका साथै व्यापार विस्तारमा पनि सफलता मिल्ने देखिन्छ। तैपनि शनिको कर्मको नकारात्मक प्रभावबाट बच्न विशेष उपाय अपनाउनु पर्ने देखिन्छ।
उपाय : कुण्डली अनुसार शनिदेवको शान्तिको लागि यो उपाय अवश्यै अपनाउनुहोला। गरिब एवं कमजोर व्यक्तिलाई सहयोग गर्नुहोला।