काठमाडौँ : ज्योतिष शास्त्रमा हरेक राशिबारे विस्तृत वर्णन गरिएको छ। केही राशिहरुमा धनको देवता कुबेरको विशेष कृपा रहने ज्योतिषीहरुको विश्वास छ। यी राशिका व्यक्तिहरुले जुनसुकै काममा हात हाल्दा पनि त्यसमा धेरै सफलता हासिल गर्छन्। यिनीहरु स्वभावमा चतुर एवं चलाख हुन्छन्। यिनका लागि कुनै पनि काम असम्भव हुँदैन्। साथै यिनीहरु धन कमाउने मामिलामा पनि माहिर हुन्छन्। यसबाहेक यिनीहरुले आफ्नो बलबुतोमा आफ्नो अलग पहिचान बनाउँछन्।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
कर्कट राशिका मानिसहरु दिमागको निकै तेज हुन्छन्। यिनले आँटेको काम पूरा गरेरै छाड्छन्। साथै यस राशिका जातक पैसा कमाउने मामिलामा अरु राशिभन्दा दुई कदम अगाडी हुन्छन्।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
तुला राशिका मानिसहरुमाथि धनको देवता कुबेरको विशेष कृपा रहन्छ। यिनीहरु स्वभावमा निकै जिद्दी हुन्छन्। जसकारण जुन काम गर्छु भनेर यिनले दृढ अठोट गर्छन् त्यो हरहालतमा पूरा गरेरै विश्राम लिन्छन्। यसका साथै यिनीहरु पैसा कमाउने मामिलामा पनि धेरै अगाडी हुन्छन्। यिनीहरुसँग धन-वैभवको कुनै कमी हुँदैन्।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
वृश्चिक राशिका जातक स्वभावमा निकै समझदार हुन्छन्। यिनीहरु कुनै पनि काम सोचविचार गरेर सुरु गर्छन्। यिनलाई भाग्यले पनि साथ दिनेछ। यिनले प्राय: हरेक क्षेत्रमा भरपूर सफलता हासिल गर्छन्।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
मकर राशिका जातकलाई धेरै किस्मतको मामिलामा धेरै भाग्यमानी मानिन्छ। यिनीहरु कडा परिश्रममा पनि उत्तिकै विश्वास गर्छन्। धनकी देवता लक्ष्मी र कुबेरको विशेष कृपा यिनीहरुमा रहन्छ ।