अभिनेता पल शाहको अनुसन्धान प्रकृया सकियो !

बला-त्कारको आरोप लागेका अभिनेता पल शाहको अनुसन्धान प्रक्रिया सकिएको छ । अहिले प्रहरीले अनुसन्धान फाइल सरकारी वकिल कार्यालयलाई बुझाएको छ। अभिनेता पल शाह विगत २१ दिन देखि प्रहरी हिरासतमा छन् । अभिनेता विरुद्धमा तनहुँ र नवलपुर गरी दुई स्थानबाट बालिकाले उजुरी दिएकी थिइन् ।

अहिलेसम्म अभिनेतालाई सुरुमा ७ दिन र १२ दिन र गत शुक्रबार ५ दिनको म्याद थप गरिएको थियो । अहिले अभिनेता विरुद्धमा परेको उजुरीमा २१ दिनको अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा पेस गरेको जनाइएको छ।

पीडित भनिएकी बालिकाले फागुन ११ गते तनहुँमा उजुरी दिएकी थिइन् । बालिकाले दिएको उजुरीमा अभिनेता शाहले आफूलाई पटक-पटक बला-त्कार गरेको आरोपमा उजुरी दिएकी थिइन् ।

 

प्रकाशित : सोमबार, चैत ०७, २०७८१५:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हरिण मारेको आरोप लागेका अभिनेता सलमानलाई राजस्थान उच्च अदालतले सुनायो यस्तो फैसला ?