५ राशिको जीवनमा अनेक सौगात सहित बृहस्पति देव उदय हुँदै, हुनेछ धनको वर्षा !

ज्योतिषशास्त्रमा बृहस्पतिलाई सबैभन्दा शुभ ग्रह मानिन्छ। कुण्माडलीमा यो ग्रह बलवान भएमा व्यक्तिलाई समाजमा धेरै मान-सम्मान मिल्छ। यस्ता व्यक्तिको जीवनमा सुख-समृद्धिको कहिल्यै कमी हुँदैन। २३ फेब्रुअरीबाट बृहस्पति ग्रह अस्त अवस्थामा रहेको छ जुन २७ मार्चमा अदाउने वाला छ।

कुम्भ राशिमा रहेको बृहस्पति ग्रह आइतबार, मार्च २७ गते बिहान ५:३७ मा उदाउनेछ। यस दिन बृहस्पति ३२ दिन पछि फेरि एक पटक शुभ स्थितिमा आउँदैछ। बृहस्पतिको उदयका कारण धेरै राशिका लागि लाभ मिल्ने सम्भावना छ।

मेष राशि 

बृहस्पति ग्रहको उदयको कारणले तपाईंको मनोकामना पूरा हुनेछ। भाग्यले सबै कुरामा साथ दिनेछ। जागिरमा पदोन्नति पाउन सकिनेछ। जीवनमा आर्थिक प्रवाहमा वृद्धि हुनेछ। यस अवधिमा व्यापार व्यवसायमा लागेका मानिसले खुब लाभ प्राप्त गर्नेछन्। स्वास्थ्यको क्षेत्रमा यो समय तपाईंको लागि राम्रो रहनेछ।

वृष राशि 

यस अवधिमा तपाईंले आफ्नो कडा परिश्रमको आधारमा ठूलो सफलता प्राप्त गर्न सक्नुहुनेछ। करियरका लागि यो समय निकै राम्रो रहनेछ । जागिर परिवर्तन गर्न चाहनुहुन्छ भने यो कामको लागि समय अनुकूल रहनेछ। यात्राबाट राम्रो आम्दानी गर्न सकिनेछ। अप्रत्याशित लाभ आदिको योग देखिन्छ।

कन्या राशि 

यस अवधिमा धनमा उत्कृष्ट वृद्धि हुन सक्छ। व्यापार व्यावसायमा लागेकाहरुका लागि यो समय सुनौलो सफलता साबित हुनेछ। यस अवधिमा तपाईंले एक भन्दा बढी कामबाट पैसा कमाउन सक्नुहुनेछ। यात्राबाट पनि राम्रो आम्दानी गर्न सकिनेछ।

तुला राशि 

करियरमा राम्रो नतिजा मिल्नेछ। जागिरमा प्रशस्त लाभ मिल्ने अवसर मिल्नेछ। व्यापारीहरूका लागि यो समय लाभदायी साबित हुनेछ। नयाँ व्यापार सुरु गर्नेहरूका लागि पनि यो समय शुभ साबित हुनेछ। यस अवधिमा तपाईसँग प्रशस्त धनसम्पत्ति हुनेछ। धन बचत गर्न सफल हुनुहुनेछ।

मकर राशि 

यस अवधिमा धेरै नयाँ रोजगारीका अवसरहरू प्राप्त गर्न सकिन्छ। व्यापार व्यावसायमा लागेकाहरुका लागि यो समय राम्रो रहनेछ। जीवनसाथीसँगको सम्बन्ध राम्रो रहनेछ। साझेदारी कार्यमा राम्रो आम्दानी गर्न सकिनेछ।

प्रकाशित : सोमबार, चैत ०७, २०७८१६:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चैत्र ८ गतेको राशिफल : मङ्गलबार यी राशिले स्वास्थ्यमा अपनाउनुस् सावधानी, दिनभर रहनुस् सतर्क