ज्योतिष शास्त्रको अनुसार हरेक ग्रहको राशि परिवर्तनले सबै १२ राशिमा नै शुभ अशुभ प्रभाव पर्ने गर्दछ । ग्रहको राशि परिवर्तन केही राशिका लागि लाभदायक रहन्छ। कतिपय राशिका व्यक्तिहरुले सावधानी अपनाउनु पर्ने देखिन्छ । ज्योतिष शास्त्रमा शुक्रलाई धन, सौन्दर्य, ऐश्वर्य र सुख र समृद्धिको कारक मानिन्छ। ३१ मार्चमा शुक्र देव राशि परिवर्तन गर्दै छन् ।
वास्तवमा यस दिन शुक्र ग्रह बिहान ९:२१ मा कुम्भ राशिमा प्रवेश गर्नेछ। शनिलाई कुम्भ राशिको स्वामी मानिन्छ। जानौँ कुन-कुन राशिका लागि शुक्रको राशि परिवर्तन शुभ रहनेछ ।
मेष राशि
मेष राशि हुने मानिसको लागि शुक्रको गोचर लाभदायी रहनेछ । वास्तवमा शुक्रको गोचर यस राशिको ११ औँ घरमा हुनेछ । ११ औँ घरलाई आयको घरको रूपमा लिइन्छ। यस्तो अवस्थामा राशि परिवर्तन अवधिमा आम्दानी बढ्नेछ । व्यापार व्यवसायमा आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन् । यस बाहेक साझेदारी कार्यमा सफलता मिल्नेछ। जीवन साथीको सहयोग मिल्नेछ ।
कुम्भ राशिकुम्भ राशिका लागि शुक्रको राशि परिवर्तन निकै लाभदायी साबित हुने देखिन्छ । धनको कारक शुक्रको राशि परिवर्तन यही राशिमा हुने छ । यस्तो अवस्थामा राशि परिवर्तनको समयमा भाग्यले पूर्ण साथ दिनेछ। कार्यस्थलमा अधिकारीबाट प्रशंसा मिल्नेछ। व्यापार व्यवसायमा आर्थिक उन्नतिको प्रबल सम्भावना छ । कुम्भ राशिको स्वामी ग्रह शनि हो। शनि र शुक्रको बिचमा मित्रता अद्भुत छ।
मकर राशि शुक्रको राशि परिवर्तन मकर राशिको २ औँ घरमा हुनेछ। ज्योतिष शास्त्रमा दोस्रो घरलाई धन र वाणी भनिन्छ । यस्तो अवस्थामा शुक्रको राशि परिवर्तनका कारण अचानक आर्थिक लाभ हुन सक्छ। कार्य क्षेत्रमा आय बढ्न सक्छ। मकर राशिको स्वामी शनिदेव पनि हुन्। शुक्र र शनिको बिचमा मित्रताको भावना छ। तसर्थ यात्राको समयमा विशेष लाभ प्राप्त हुने प्रबल सम्भावना छ।