काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। एक राशि करिब एक महिनासम्म चल्छ, यसरी एक वर्षमा १२ राशिको चक्र पूरा हुन्छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं.२०७८ चैत्र ७ गते सोमबार हो। सोमबार चैत्र कृष्णपक्षको तृतीया तिथि बिहान १० : ०३ बजेसम्म रहनेछ, त्यसपछि चतुर्थी तिथि छ। सोमबारको दिन भगवान शिवको पूजा-उपासनाको लागि समर्पित हुन्छ। यस दिन शिवलि;_ङ्गमा जल अर्पित गर्नु अत्यन्तै फलदायी मानिन्छ। कतिपयले सोमबारको दिन व्रत पनि राख्छन्। भोलेनाथको पूजाले अकालमृत्युको भय समाप्त हुन्छ। सोमबारको दिन कुन-कुन राशिलाई लाभ र कुन-कुन राशिका जातक सावधान रहनुपर्नेछ त ? पढ्नुहोस् मेष राशिदेखि मीन राशिसम्मको राशिफल : –
चैत्र ७ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन – सोमबार (Monday)।।। नक्षत्र – स्वाती , २३:२० बजे उप्रान्त विशाखा ।।। तिथि – तृतीया , १०:०३ बजे उप्रान्त चतुर्थी ।।। करण – भद्रा १०:०३ बजेदेखि वव , २१:११ बजे उप्रान्त तैतिल ।। योग – व्याघात , १७:४४ बजे उप्रान्त हर्षण ।।। चैत ०७, २०७८, सोमवार ।।। २१ मार्च, सन् २०२२ ।।। तृतीया, चैत्र कृष्णपक्ष ।।। चिल्लागा, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ६: ०९ ।।। सूर्यास्त(sunrise) – १८:१५।।। कार्यक्रमहरू : – नाला मत्स्येन्द्रनाथ रथयात्रा, अन्तर्राष्ट्रिय जातिय उत्पीडन विरुद्धको दिवस(The International Day for the Elimination of Racial Discrimination) ।।।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
तपाईको दिन शुभ रहनेछ। परिवार, आफन्त तथा मित्रसँग भेट हुनेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागी उत्साह रहनेछ। उत्साहले हानि नहोस यस कुराको ध्यान राख्नुहोला। शारीरिक तथा मानसिक स्वस्थताको पनि ध्यान राख्नुहोला। धनप्राप्तिको योग रहेको छ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
शारीरिक तथा मानसिक रुपले निराश रहनुहुनेछ। चिन्ताको कारण मानसिक भार रहन सक्छ। मानसिक रुपले अस्वस्थ रहनुहुनेछ।परिवारसँग मनमुटाव हुन सक्ला। घरको वातावरण बिग्रिन सक्छ। परिश्रमको अपेक्षा सफलता प्राप्ति कम हुनाले आर्थिक संकटको चिन्ता रहनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
व्यापारी वर्गको लागि दिन शुभफलदायी रहेको छ। व्यापारमा तथा आय वृद्धि हुनेछ। मित्रबाट लाभ मिल्नेछ। पेसामा उच्चाधिकारीको कृपादृष्टि पदोन्नति पनि सम्भव रहेको छ। विवाह ईच्छुक व्यक्तिले जीवनसाथी पाउने योग रहेको छ।परिवारमा श्रीमती र पुत्रबाट शुभ समाचार प्राप्त गर्नुहुनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
दिन तपाईको लागि शुभ रहेको छ। पेसा गर्ने व्यक्तिको लागि पदोन्नतिको योग रहेको छ। परिवारमा मैत्रीपूर्ण वातावरण बनिरहनेछ। नयाँ सजावटले घरको शोभामा अभिवृद्धि गर्नुहुनेछ। आमाबाट लाभ मिल्नेछ। शारीरिक रुपले स्वस्थ र मानसिकरुपले प्रसन्न रहनुहुनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
दिन आलस्य तथा थकानमा बित्नेछ। उग्र स्वभावमा मानसिक रूपले व्यग्रता रहनेछ। पेटसँग सम्बन्धित पीडा हुनेछ। सफलता प्राप्त गर्नको लागी परिश्रम अधिक गर्नुहुनेछ। संकटजनक विचार, व्यवहार र आयोजनबाट टाढा रहनुहोला। धार्मिक यात्रा वा प्रवासको सम्भावना रहनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
खान-पानमा विशेषरुपले ध्यान राख्नुहोला। आवेश र क्रोधको मात्रा अधिक रहनेछ। त्यसैले स्वास्थ्यप्रति ध्यान दिनुहोला। अनैतिक कृत्यबाट टाढा रहनुहोला। सरकार-विरोधी प्रवृत्तिको कारण समस्याअ रहनुहुनेछ। खर्चको मात्रा बढ्नेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
सांसारिक जीवनको आनन्द विशेषरुपले मनाउन सक्नुहुनेछ। परिवारसँग सामाजिक हेतुले बाहिर जानुहुनेछ। छोटो यात्राको आयोजन हुनेछ। व्यापारीगणको व्यापारमा वृद्धि हुनेछ। सामाजिक क्षेत्रमा सफलता र यश कीर्ति मिल्ने योग रहेको छ। आकस्मिक धनलाभ होला।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
दिन सुखमय बित्नेछ। परिवारसँग आनन्दपूर्वक समय बिताउनुहुनेछ। शारीरिक स्वस्थता तथा मानसिक प्रफुल्लितताको अनुभव हुनेछ। पेस गर्ने साथी कर्मचारीको सहयोग मिल्नेछ। माईतबाट समाचार मिल्नेछ। धनलाभ हुनेछ। अधुरो कार्य पूरा हुनेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
क्रोध नियन्त्रण गर्नुहोला। पेट सम्बन्धित समस्या रहनेछ। कुनै पनि कार्यमा सफलता नमिल्नाले निराशा आउन सक्ला।साहित्य वा अन्य कुनै ठाउँमा सिर्जानात्मक कलाप्रति रुचि रहनेछ। सन्तान प्रति चिन्ता रहनाले मनमा व्यग्रता रहनेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
दिन प्रतिकुलताले भरिपूर्ण रहनेछ। जसकारण मनमा खिन्नता अनुभव हुनेछ। शरीरमा स्फूर्ति र ताजगीको अभाव रहनेछ। सार्वजनिक जीवनमा मानहानि होला। छातीमा पीडा रहला।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
मनमा रहेको चिन्ताको भार कम हुनेछ। मानसिक रुपले प्रफुल्लताको अनुभव हुनेछ। शारीरिक स्वास्थ्य पनि स्वस्थ रहनेछ। पारिवारिक आनन्दित रहनेछ। विशेष गरेर भाईबहिनीसँगको सम्बन्धमा मधुरताको अनुभव हुनेछ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
नकारात्मक विचार मनबाट हटाउनुहोला। क्रोध र बोलिमा ध्यान राख्नुहोला। कसैसँग वाद-विवाद वा झगडा नगर्नुहोला। खान-पानमा ध्यान राख्नुहोला। शारीरिक स्वास्थ्य मध्यम रहनेछ ।