सुरु भयो वर्षमा एक पटक पर्ने विशेष समय, माता लक्ष्मीको कृपा पाउन गर्नुहोस् यस्ता उपाय !

हिजोबाट हिन्दु पञ्चांग अनुसार चैत्र महिना सुरु भएको छ। चैत्र पूर्णिमाको दिन चित्रा नक्षत्र पर्ने भएकाले यसलाई चैत्र नाम दिइएको हो। चैत्र शुक्ल प्रतिपदाबाट ब्रह्माजीले ब्रह्माण्डको सृष्टि सुरु गरेको जनविश्वास छ। यस बाहेक चैत्र महिनाबाट सतयुगको प्रारम्भ भएको मानिन्छ। यो महिनामा के के गर्दा फाइदा हुन्छ भन्ने कुरा थाहा पाउनुहोस् ।

चैत्र महिनामा के-कस्ता काम गर्दा फाइदा हुन्छ ? 

धार्मिक मान्यता अनुसार चैत्र महिनामा सूर्यदेवको पूजा आराधना गर्नाले लाभ मिल्छ। यो महिनामा सूर्यदेवको पूजा गर्नाले जीवनमा आउने कष्टहरु हट्छ। यस्तो अवस्थामा चैत्र महिनामा सूर्यदेवको आराधना गर्नुपर्छ।

चैत्र महिनामा भगवान विष्णुको पनि पूजा गरिन्छ। यस महिनामा भगवान विष्णुको माछा स्वरूपको पूजा गर्नुपर्छ। यसो गर्नाले माता लक्ष्मीको कृपा कायम रहने जनविश्वास छ। योसँगै आर्थिक अवस्था मजबूत हुन्छ।

चैत्र महिनामा माता दुर्गाका ९ रूपको पूजा गरिन्छ। शास्त्रमा चैत्र नवरात्रिलाई मनोकामना पूरा गर्न विशेष मानिएको छ। यस वर्ष चैत्र नवरात्रि अप्रिल २ देखि सुरु हुँदैछ।

गर्नु हुँदैन  यस्ता चीजको सेवन 

चैत्र नवरात्री व्रतमा व्रत बस्नेले नुनिलो खानेकुरा खाँदैनन्। यस्तो अवस्थामा उनीहरुले धेरै मात्रामा मिठाईको सेवन गर्छन्। वास्तवमा यो महिनामा मिठाईको सेवनले स्वास्थ्यमा असर गर्छ। यस्तो अवस्थामा मिठाईको सेवनबाट बच्नुपर्छ। यसबाहेक चैतमा धेरै खुर्सानी, मसाला, बासी खानेकुरा खानु हुँदैन। यसले स्वास्थ्यलाई असर गर्न सक्छ।

के सेवन गर्ने ? 

चैत्र महिनामा नीमको पातको सेवन स्वास्थ्यको दृष्टिले राम्रो मानिन्छ। यसको सेवनले धेरै प्रकारका रोग निको हुन्छ। साथै यस महिनामा चनाको सेवन गर्नु पनि शुभ मानिन्छ। यसले स्वास्थ्य अनुकूल बनाउँछ। यसका साथै यस महिनामा धेरै पानी पिउनुपर्छ र पाकेको फलफूलको सेवन गर्नुपर्छ।

प्रकाशित : आइतबार, चैत ०६, २०७८१२:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कहिलेबाट सुरु हुँदै छ चैत्र नवरात्रि ? जान्नुहोस् शुभ समय र पूजा विधि !