चर्चित कमेडियन भारती सिंहले सार्वजनिक गरिन् गर्भावस्थाको तस्बिर, तस्बिर भाइरल हुँदै !

कमेडियन भारती सिंह यति बेला लगातार चर्चामा छिन् । यसको कारण भारतीको गर्भावस्था हो । भारती सिंह आमा बन्दै छिन् उनले हालै उनको गर्भावस्थाको केही फोटो शूट गराएकी छिन् जसमा उनी बेबी बम्प देखाइरहेकी छिन् ।

सार्वजनिक तस्बिरमा भारती सिंहले गुलाबी रंगको गाउन लगाएकी छिन् । गाउन भारतीलाई निकै सुहाएको छ तस्बिरमा भारतीको बेबी बम्प स्पष्ट देखिन्छ।

पछिल्लो फोटो शूटमा भारती सिंह जमिनमा सुतेर पोज दिँदै देखिएकी छिन् । यस लुकमा भारती यति सुन्दर र क्यू-ट देखिएकी छिन् कि फ्यानहरुले उनको यो तस्बिरको तारिफ गरिरहेका छन् ।

यी तस्बिरहरूमा भारती सिंह कहिले उभिएर पोज दिइरहेको देखिएकी छिन् भने कहिले क्यामेराको अगाडि पेटमा हात राखेर पोज दिइरहेको देखिन्छ ।

यो फोटोसुटमा भारतीको लुक निकै ग्लै:-मरस देखिन्छ । भारती सिंहले हल्का मेकअपको साथ खुला कपाल छिन्, जसमा उनी निकै क्यू-ट देखिन्छिन् ।

यी तस्बिरहरु भारती सिंहले आफ्नो आधिकारिक इन्स्टाग्राममा खातामा सेयर गरेकी छिन् । तस्बिर शेयर गर्दै भारती सिंहले एउटा फनी क्याप्सन पनि लेखेकी छिन् जसलाई उनका फ्यानहरुले निकै मन पराइरहेका छन् ।

भारतीले क्याप्सनमा लेखेका छन्-  ‘आउने बच्चाको आमा।’

प्रकाशित : आइतबार, चैत ०६, २०७८११:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अनुसन्धानका लागि अभिनेत्री कार्की ब्युरोको कार्यलयमा