अनुसन्धानका लागि अभिनेत्री कार्की ब्युरोको कार्यलयमा

सामाजिक संजाल मार्फत क्रिप्टोकरेन्सीको प्रचार गरेको पाइएपछि अनुसन्धानका लागि कार्कीलाई ब्युरोको कार्यलयमा बोलाएर बयान लिने कार्य गरिएको ब्युरोले जनाएको छ।

केहि समय अगाडी कार्कीले सामाजिक संजालमा भिडियो पोस्ट गर्दै क्रिप्टोकरेन्सीमा आफूले लगानी गरेको बताएकी थिइन्। सो भिडियोमा प्रियंकाले क्रिप्टोकरेन्सीमा लगानी गर्न सुझाव दिरहेको देखिएको थियो।

“क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस्।”,सामाजिक संजालमा भिडियो पोस्ट गर्दै प्रियंकाले भनेकी थिइन्। सो सम्बन्धमा उनी माथि अनुसन्धान भइसकेको छ। गत महिना मात्रै राष्ट्र बैंकले एक सूचना नै निकालेर नेपालमा गैरकानूनी रहेकाले क्रिप्टोकरेन्सी र नेटवर्किङसम्बन्धी कारोबारमा सचेत रहन सबैलाई आग्रह गरेको थियो।

पछिल्ला दिनहरुमा नेटवर्किङ मार्केटिङ र क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएको पाइएपछि केन्द्रीय बैंकले एक सार्वजनिक सन्देशमार्फत त्यस्ता कारोबार र गतिविधि देशको अर्थतन्त्रका लागि मात्र नभई लगानी गर्नेका लागि पनि जोखिम रहेको जनाएको थियो ।

क्रिप्टोकरेन्सीको प्रयोगबाट अवैधानिक क्रियाकलाप, विशेषगरी ठगी तथा कर छलीलगायतका कार्य हुन सक्ने उल्लेख गर्दै केन्द्रीय बैंकले एउटा निजी फर्मको अनुसन्धानले सन् २०२० मा आपराधिक बिटक्वाइन ठेगनाबाट मात्र अमेरिकी डलर तीन अर्ब ५० करोड पठाएको पाइएकाले नेटवर्किङ मार्केटिङको व्यवसाय पनि अवैधानिक आर्थिक क्रियाकलाप भएकाले राजस्वमा नकारात्मक असर पर्ने उल्लेख गरेको छ ।

प्रकाशित : आइतबार, चैत ०६, २०७८१६:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाहपछि झनै बो:-ल्ड हुँदै अभिनेत्री मौनी, समुन्द्री किनारमा सार्वजनिक गरिन् यस्ता तस्बिर !