चैत्र ४ गतेको राशिफल : शुक्रबार यी राशिको चम्किनेछ भाग्य, हुनेछ दुवै हातमा लड्डु

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं.२०७८ चैत्र ४ गते शुक्रबार परेको छ।

चैत्र ३ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन –शुक्रबार (Friday)।।। नक्षत्र – उत्तरफाल्गुनी , २५:१२ बजे उप्रान्त हस्त
।।। तिथि – पूर्णिमा , १३:१९ बजे उप्रान्त प्रतिपदा ।।। करण – वव १३:१९ बजेदेखि वालव , २५:०३ बजे उप्रान्त गर ।।। योग – गण्ड , २४:१३ बजे उप्रान्त वृद्धि ।।। चैत ०४, २०७८, शुक्रबार ।।। १८ मार्च, सन् २०२२  ।।। पूर्णिमा, फाल्गुण शुक्लपक्ष ।।। चिल्लाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ६: १३ ।।। सूर्यास्त(sunrise) – १८:१३ ।।।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

तपाइ सांसारिक कुरा भुलेर आध्यात्मिक प्रवृतिमा संलग्न हुनु हुनेछ। आत्मिक रहस्यमय विद्या र गहिरो चिन्तनशक्तिले तपाइँको मानसिक भारलाई हल्का गर्नेछ। आध्यात्मिक सिद्धि प्राप्त गर्ने राम्रो योग छ। बोलीमा संयम रहनुहोला । नयाँ कार्यको शुरुवात नगर्नु नै उचित हुनेछ ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

तपाइले जीवन साथीको निकटताको सुख प्राप्त गर्न सक्नु हुनेछ । परिवारको साथ सामाजिक समारोहमा बाहिर घुम्न या पर्यटनमा जाने योग छ। तन मनबाट प्रसन्नता अनुभव गर्नु हुनेछ। सार्वजनिक जीवनमा किर्ति मिल्नेछ। व्यापारमा विकाश हुनेछ। आकस्मिक धन लाभ हुनेछ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

अधुरो कार्य पूरा गर्न दिन निकै शुभ छ। परिवारमा आनन्द र उल्लासको माहोल रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। कार्यमा यश र किर्ति मिल्नेछ। अन्य मानिसको साथ बातचितको समय क्रोधमा काबु राख्नु होला र वाणीमा संयम राख्दा मनमुटावबाट बच्न सक्नु हुनेछ। धन प्राप्तिको योग छ। आवश्यक खर्च हुनेछ। प्रतिस्पर्धी माथि विजय प्राप्ति हुनेछ । नोकरीमा लाभ हुनेछ ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

शारीरिक र मानसिक रुपले दिन उद्वेगपूर्ण रहनेछ। पेट दुखाईले दिक्क बनाउनेछ । प्रेमीजनको साथ वादविवाद हुने सम्भावना छ। विपरित लिंगीय पात्रको तर्फबाट आकर्षण अथवा कामु;_कताले तपाईलाई सङ्कट ल्याउन सक्छ। त्यसैले ध्यान राख्नु होला ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

मानसिक अस्वस्थता रहनेछ । परिवारजनको साथ मनमुटावको स्थिति आउन सक्छ। जमिन, घर तथा वाहन खरिदारी या तयसको दस्तावेज गर्नको लागि समय बिल्कुलै अनुकुल छैन। नकारात्मक विचारले निराशा उत्पन्न हुनेछ। जलाशय खतरनाक साबित हुन सक्छ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

भावनात्मक सम्बन्ध स्थापित हुनेछ। भाई-बहिनिको साथ मेल जोल रहनेछ। मित्र र स्नेहीजनको साथ भेटघाट हुनेछ । आध्यात्मिक एवं रहस्यमयी विद्याप्रति आकर्षण बढ्नेछ र त्यसमा सिद्धि मिल्नेछ ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

सोच नकारात्मकताले भरिनेछ रहनेछ । क्रोध-आवेशमा वाणीमा संयम नराख्दा पारिवारिक सदस्यहरुसँग विवाद हुनेछ । अनावश्यक खर्च हुनेछ। स्वास्थ्य बिग्रनेछ। मनमा ग्लानि रहनेछ। विद्यार्थीको पढाई बीचैमा रोकिन् सक्छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

दिन शुभ रहनेछ। शारीरिक र मानसिक रुपले प्रशन्नता रहनेछ। पारिवारिक सदस्यको साथ खुशीसँग समय बित्नेछ। मित्र या स्नेहीजनको तर्फबाट तपाइलाई उपहार मिल्नेछ। प्रियजनको साथको भेटघाटमा सफलता मिल्नेछ। मांगलिक प्रसङ्गमा जाने सम्भावना छ। धन लाभ र प्रवासको योग छ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

क्रोधको कारण पारिवारिक सदस्य तथा अन्य मानिससँगको सम्बन्ध बिग्रनेछ। तपाइको वाणी र व्यवहार झगडाको कारण बन्न सक्छ। दुर्घटनाबाट बच्नुहोस्। बिमारीको पछाडी धन खर्च हुनेछ। अदालती कामकाजमा सावधानी अपनाउनुहोला। व्यर्थको कार्यमा तपाइँको समय खर्च हुनेछ ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

हरेक क्षेत्रमा लाभदायक हुनेछ। स्नेहीजन र मित्रसँग मिलन हुनेछ। प्रिय व्यक्तिहरुको साथको भेटघाट रोमाञ्चक बन्नेछ । विवाहोत्सुक व्यक्तिहरुको वैवाहिक समस्या मामुली प्रयत्नबाट हल हुनेछ । व्यापार र नोकरीमा आय वृद्धि हुनेछ। गृहस्थ जीवन आनन्ददायी रहनेछ ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

हरेक कार्य सरलतापूर्वक हल हुनेछ र त्यसमा सफलता मिल्नेछ। नोकरीमा अनुकूल परिस्थिति निर्मित हुनेछ। सरकारी कार्य निर्विघ्न पुरा हुनेछ। उच्च पदाधिकारिहरुको व्यवहार सहयोगपूर्ण रहनेछ। मानसिक रूपले स्फूर्ति महसूस हुनेछ। पदोन्नति र धन प्राप्तिको योग छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

शुरुआत भय र उद्विग्नताको साथ हुनेछ । शरीरमा सुस्ती र थकानको अनुभव हुनेछ।  कुनै पनि कार्य पूरा नहुँदा निराशा हुनेछ। भाग्यले साथ नदिएको प्रतीत हुनेछ। अफिसमा अधिकारीवर्गको साथ सम्हालिएर कार्य गर्नु आवश्यक छ। व्यर्थमा धन खर्च हुनेछ।

प्रकाशित : बिहिबार, चैत ०३, २०७८२१:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

माता दुर्गाको कृपाले चैते दशैँमा यी ४ राशिलाई अत्यन्तै शुभ हुने, हुनेछ लाभै-लाभ !