हिन्दु धर्मावलम्बीहरुका लागि नवरात्रि निकै विशेष हुन्छ। यसपटक चैत्र नवरात्रि २ अप्रिलबाट सुरु भई अप्रिल १० गते समापन हुँदैछ। नवरात्र वर्षमा चार पटक आउँछ। चैत्र, आषाढ, आश्विन र माघ नवरात्रि। तर यी मध्ये २ नवरात्र विशेष मानिन्छ। एउटा चैत्र नवरात्रि र अर्को शारदीय नवरात्रि। नौ दिनसम्म चल्ने यस पर्वमा फरक–फरक दिनमा विभिन्न देवीको पूजा–आराधना गरिन्छ। कुन राशिका लागि यो नवरात्रि विशेष रहने छ ।
वृष राशि
यो राशिका मानिसका लागि नवरात्रि निकै विशेष हुनेछ। हरेक क्षेत्रमा सफलता मिल्ने देखिन्छ। तपाईंको आर्थिक अवस्था राम्रो रहनेछ। हरेक क्षेत्रमा देवी माताको साथले सफलता प्राप्त हुनेछ। कार्यस्थलमा केही महत्वपूर्ण उपलब्धि हात पार्न सकिनेछ। यो समयले व्यवसायीका लागि पनि खुसी ल्याउनेछ।
कर्कट राशि
माता अम्बेको आशीर्वादले नवरात्रिमा यस राशिका मानिसका सबै मनोकामना पूरा हुनेछन्। परिश्रमको उचित प्रतिफल प्राप्त हुने देखिन्छ। यात्राबाट राम्रो आम्दानी गर्नमा सफलता मिल्नेछ। अदालती मुद्दामा फस्नु भयो भने पनि विजयी भइनेछ। धनसम्पत्ति बढ्नेछ।
सिंह राशि
नवरात्रि पर्वले तपाईंको लागि धन योग सृजना गरिरहेको छ। आकस्मिक धन लाभ मिल्ने पूरा सम्भावना रहेको छ। यस अवधिमा तपाईंका धेरै रोकिएका कामहरू पूरा हुनेछन्। यात्राबाट मनग्य आम्दानी गर्न सकिनेछ। पुरानो रोगबाट मुक्ति मिल्नेछ। जागिरमा पदोन्नतिको सम्भावना छ।
तुला राशि
यो नवरात्रि तपाईंको लागि धेरै विशेष हुनेछ। आर्थिक जीवनमा सुनौलो सफलता मिल्ने देखिन्छ। तपाईंको सुख सुविधामा वृद्धि हुने प्रबल सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ। धन आर्जनको बाटो खुल्नेछ। एकभन्दा बढी माध्यमबाट पैसा जम्मा गर्न सफल हुनुहुनेछ।