चैत्र ३ गतेको राशिफल : होलिको दिन प्रतिद्वन्द्वीसँग हुनेछ कडा टक्कर, यी राशिलाई शुभ छ दिन

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं.२०७८ चैत्र ३ गते बिहीबार परेको छ। बिहीबारको दिन भगवान विष्णुलाई समर्पित हुन्छ। यस दिन विधिपूर्वक भगवान विष्णुको पूजा-अर्चना गरिन्छ।

चैत्र ३ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन –बिहीबार (Thursday)।।। नक्षत्र – पूर्वफाल्गुनी , २४:५७ बजे उप्रान्त उत्तरफाल्गुनी ।।। तिथि – चतुर्दशी , १३:२८ बजे उप्रान्त पूर्णिमा ।।। करण – वव १३:२८ बजेदेखि भद्रा , २५:२७ बजे उप्रान्त कौलव ।।। योग – शूल , २५:४० बजे उप्रान्त गण्ड ।।। चैत ०३, २०७८, बिहीबार।।। १७ मार्च, सन् २०२२  ।।। चतुर्दशी, फाल्गुण शुक्लपक्ष ।।। चिल्लाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ६: १४ ।।। सूर्यास्त(sunrise) – १८:१३ ।।।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

विशेषतः व्यापार गर्नेहरुको लागि शुभ भएर जाने देखिन्छ भने तपाईको यात्रा पनि व्यापारमा केन्द्रित हुने देखिन्छ। अध्ययनमा सफलता मिल्नेछ। तपाईलाई हरेक क्षेत्रमा लाभ मिल्न सक्ला। सहकर्मीहरूसँग भने तपाईको सम्बन्ध बिग्रन सक्ला।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

दिनमा तपाईको नयाँ लुगा र गहना खरिदमा खर्च बढेर जाने देखिन्छ भने तपाईको आर्थिक आर्जन पनि सामान्य नै रहने देखिन्छ। सामाजिक सम्मान प्राप्त गरिनेछ। तर मध्य दिन पछि तपाईले मध्यस्थतामा व्यवहार गर्नु पर्ने देखिन्छ। तपाईले नयाँ सम्बन्ध विस्तार गर्नुअघि विचार गर्नु पर्ने देखिन्छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

तपाईको मध्यान्नपछि मात्रै घरको वातावरण शान्तिपूर्ण रहने देखिन्छ। मानसिक रूपले आनन्दको अनुभव गर्नु हुने तपाईले हात हाल्नु भएको आर्थिक कार्य सफल हुन् खासै गाह्रो नहोला। स्वास्थ्य सुधार हुनेछ। सहयोगीहरूले व्यापारबाट पूरा समर्थन दिनेछन। धार्मिक कार्य पनि सफल रहन सक्ला।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

स्थायी सम्पत्तिको मामलामा बुद्धिमानी तरिकाबाट निर्णय लिनु पर्ने देखिन्छ। तपाईले केहि खरिद गर्दै हुनुहुन्छ भने सजक रहनु पर्ने अवस्था रहेको छ। सरकारी कार्य गर्दा समेत सजक रहनु होला। नयाँ कार्यहरूमा सफलताको सम्भावना देखिन्न। परिवारको स्वास्थ्यले सताउने देखिन्छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

तपाईको वैदेशिक यात्राको लागि शुभ दिन रहेको छ। साथै तपाईको विदेश देखि शुभ समाचार समेत आउन सक्ला।तपाईको नयाँ कार्य थालनीको लागि आर्थिक लगानी गर्नको लागि शुभ देखिन्छ भने सकेसम्म साझेदारी भने नगरेकै उचित रहन सक्ला। मानिसक खुशी मिल्ने देखिन्छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

तपाईले आफ्नो बोलीमा नियन्त्रण राख्नु होला भने सकेसम्म कम बोलेकै उचित रहने देखिन्छ। तपाईले यात्रा गर्दा कोही साथमा लिएर मात्र यात्रा गर्नु पर्ने देखिन्छ। निर्धारित कार्य सम्पन्न हुन समय लाग्ने देखिन्छ। घर-जग्गा सम्बन्धि कार्यदेखि टाढा रहनु पर्ने देखिन्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तपाईको भौतिक र मानसिक स्वास्थ्यमा केन्द्रित रहनु पर्ने अवस्था आउने देखिन्छ। तपाईको स्वास्थ्यमा खर्च बढेर जाने देखिन्छ भने तपाई सकेसम्म घरबाट ननिस्कनु भएको उचित रहने देखिन्छ। तपाईको बोलीको गलत अर्थ लाग्न सक्ने हुँदा समाजमा मान हानि हुन सक्ला।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

कानुनी समस्याले सताउन सक्ने देखिन्छ भने तपाईको पहिलाको मुद्दा-मामिलामा सजक रहनु पर्ने देखिन्छ। तपाईको राजनीतिक कार्यमा समेत बाधा पुग्ने देखिन्छ। शारीरिक र मानसिक स्वस्थ महसुस भने हुन सक्ला। तर पनि खान-पानमा भने ध्यान दिनु होला। मनोरञ्जनमा खर्च बढ्न सक्ला।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

तपाईको दिन मध्यम फलदायी रहने देखिन्छ। लाभ र आय वृद्धि रहने तपाईको स्वास्थ्यले भने खासै साथ नदिने देखिन्छ। आदर र आय वृद्धि हुनेछ। मानसिक कार्यमा भने तपाईलाई लाभ मिल्ने देखिन्छ। खर्च आय भन्दा बढि हुन सक्छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

तपाई व्यावसायिक क्षेत्रमा सफलता पाउनु हुने देखिन्छ। तपाईलाई धातुसम्बन्धि व्यवसायमा अधिक लाभ मिल्न सक्ला। परिवारको वातावरण आनन्दित रहने देखिन्छ। तपाईको निर्धारित कार्य समयमा सम्पन्न हुन सक्ला। सामाजिक र आर्थिक क्षेत्रहरूमा लाभ मिल्नेछ। मित्रहरूबाट लाभ मिल्न सक्ला।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

छोराछोरीको स्वास्थ्यबारे चिन्ता बढ्न सक्ला। तपाईको आय भन्दा धेरै खर्च बढेर जान सक्ला। धार्मिक स्थानको भ्रमणको सम्भावना रहेको छ भने तपाईलाई पारिवारिक जीवनमा भने खुशी मिल्ने देखिन्छ। तपाईको प्रेम सम्बन्धले नयाँ रुप लिन सक्ला। मध्यान्न पछि हरेक स्थितिमा सुधार आउने देखिन्छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

खुशीका विषयहरूमा चासो बढ्न सक्ला भने तपाई ठूला व्यक्तिबाट प्रेरित रहनु हुने देखिन्छ। गहिरो चिन्तनले दिमागको सन्तुलन खलबल बनाउनेछ। तपाई लेखनमा सक्रिय हुनुहुनेछ। वरिष्ठ अधिकारीवर्गसँग भने संयम रहनु पर्ने देखिन्छ। व्यावसायिक स्थलमा भने सम्हालिनु पर्ने देखिन्छ।

प्रकाशित : बुधबार, चैत ०२, २०७८२०:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चैत्र ४ गतेको राशिफल : शुक्रबार यी राशिको चम्किनेछ भाग्य, हुनेछ दुवै हातमा लड्डु