शुक्रदेवको गोचर : चम्किनेछ यी ४ राशिको भाग्य, हुनेछ प्रचुर धन लाभ

काठमाडौँ : ज्योतिष शास्त्रमा शुक्रलाई दोस्रो सबैभन्दा ठूलो ग्रह मानिन्छ। शुक्र ग्रह धन, ऐश्वर्य, प्रेम, रोमान्स र सौन्दर्यको कारक ग्रह हो। शुक्रले चैत १७ गते(३१ मार्च) बिहीबार कुम्भ राशिमा प्रवेश गर्दैछ। यस अवस्थामा शुक्र बैशाख १५ गते(२८ अप्रिल) बिहीबारसम्म रहनेछ। शुक्रको यो गोचर केही राशिका लागि लाभकारी सिद्ध हुन् सक्छ। जान्नुहोस्, शुक्रको राशि परिवर्तनले कुन-कुन राशिको भाग्य बदल्छ छ त ?

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

शुक्रको गोचर आय स्थानमा हुनेछ। शुक्रको यो गोचरले मेष राशिको जातकको आर्थिक स्थिति मजबूत बनाउनेछ। व्यापारमा आम्दानी बढाउनेछ। आयका नयाँ श्रोतहरु खुल्नेछन्। यसबाहेक व्यापारमा निरन्तर वृद्धि हुनेछ। यस अवधिमा जुनसुकै काम गर्दा लाभ मिल्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

शुक्रको गोचर ७ औँ भावमा हुनेछ, जसकारण साझेदारी व्यापारमा प्रचुर धन लाभ हुनेछ। व्यापारमा आर्थिक स्थिति अझ राम्रो हुनेछ। जागिरमा बढुवासँगै तलब पनि बढ्न सक्छ। यस अवधिमा तपाईले कडा परिश्रमको सकारात्मक परिणाम प्राप्त गर्नुहुनेछ। कार्यस्थलमा सहकर्मीको सहयोग मिल्नेछ। दाम्पत्य जीवनमा सुख शान्ति छाउनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मकर राशिका लागि शुक्रको गोचर अत्यन्तै लाभदायी साबित हुनेछ। शुक्रको गोचर धन भावमा हुने कारण आयमा वृद्धि हुनेछ। जागिरमा तलब बढ्ने प्रबल सम्भावना छ। व्यापारमा पहिले भन्दा धेरै आर्थिक लाभ हुनेछ। साथै व्यापारमा रोकिएका धन फिर्ता हुनेछ। साझेदारीमा काम गर्नेहरूले पनि विशेष लाभ प्राप्त गर्नेछन्।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

शुक्रको राशि परिवर्तनको कारण भाग्यले पूरा साथ दिनेछ। कार्यस्थलमा वरिष्ठ अधिकारीको साथ-सहयोग प्राप्त गर्नुहुनेछ। गोचरको समयावधिभर चौतर्फी आर्थिक लाभ हुनेछ। घर-जग्गा खरिद-बिक्रीको लागि समय अनुकूल रहेको छ। यस अवधिमा गरिएको लगानीबाट भरपूर फाइदा मिल्नेछ। आर्थिक उन्नति हुनेछ।

प्रकाशित : बुधबार, चैत ०२, २०७८१९:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राहु गोचर : आजबाट बदलिनेछ ५ राशिको भाग्य, रङ्गसँगै हुनेछ धनको वर्षात्