काठमाडौँ : छायाँ ग्रह राहु आज यानी चैत्र ३ गते फाल्गुण शुक्लपक्षको दिन मेष राशिमा प्रवेश गरेको छ। राहुले १८ महिनापछि गोचर गरेको हो। शनिपछि राहु सबैभन्दा सुस्त गतिमा चल्ने ग्रह हो। राहु र केतु ग्रहले सधैँ उल्टो चाल चल्छन्। राहु वृष राशिबाट निस्किएर मेष राशिमा प्रवेश गरेको हो। यसपटक राहुले होलिको दिन राशि परिवर्तन गरेको हो। राहुको गोचर कुन-कुन राशिका लागि निकै शुभ साबित हुँदैछ छ त ?
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
राहुको गोचरले मिथुन राशिको जातकको आय बढाउनेछ। यिनको आर्थिक स्थिति मजबूत हुनेछ। धन लाभ हुनेछ। बढुवा हुन् सक्छ। शेयर बजारमा लगानी गर्नेले राम्रो मुनाफा हासिल गर्नेछन्।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
कर्कट राशिका जातकलाई राहुको राशि परिवर्तनसँगै भाग्यले भरपूर साथ दिनेछ। गरेका काममा सफलता मिल्नेछ। करियर-व्यापारको लागि समय राम्रो रहनेछ। धन लाभ हुनेछ। विदेश यात्राको योग छ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
वृश्चिक राशिका जातकलाई राहुको मेष राशिमा प्रवेशले भरपूर लाभ दिलाउनेछ। बढुवासँगै तलब वृद्दिको योग छ। नयाँ कामको प्रस्ताव आउन सक्छ। बेरोजगारले रोजगारको सुवर्ण अवसर प्राप्त गर्नेछन्। प्रतियोगात्मक परीक्षामा राम्रो नतिजा हासिल गर्नेछन्। धेरै पैसा कमाउनेछन् र राम्रो बचत गर्न सक्षम रहनेछन्। नयाँ व्यापार सुरु गर्न अनुकूल समय छ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
कुम्भ राशिका जातकको लागि राहुको गोचर अत्यन्तै शुभ साबित हुनेछ। जागिर परिवर्तनको सम्भावना रहेको छ। बढुवा एवं ठूलो उपलब्धी हासिल गर्नुहुनेछ। अचानक धन लाभ हुनेछ। रोकिएका धन प्राप्त हुनेछ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
राहुको गोचरले मीन राशिका जातकलाई प्रचुर धन लाभ गराउनेछ। आय बढ्न सक्छ र अचानक कतैबाट पैसा प्राप्त हुन् सक्छ। ठूल्ठूला काम बोलीको भरमा बन्नेछन्। तपाईको कामको प्रशंसा हुनेछ।