होलीको दिन राशि अनुसार प्रयोग गर्नुहोस् यी रंगको प्रयोग, हुनेछ लाभै-लाभ !

होली रंग र खुसीको चाड हो। यो वर्ष चैत्र २ गते आइतबारको दिन होली मनाईंदैछ। ज्योतिषशास्त्र अनुसार यस दिन आफ्नो राशि अनुसार रंग प्रयोग गर्नु निकै लाभदायक मानिन्छ। तपाईं पनि आआफ्नो राशि अनुसार होलीको दिन यी रंगको प्रयोग गर्नुहोस्…..

मेष राशि 

मेष राशि भएका मानिसले होलीको दिन रातो र पहेंलो रंगको प्रयोग गर्नु अत्यन्त शुभ मानिन्छ। एई रंगको प्रयोग गर्नाले तपाईंको जीवनमा प्रेम र सकरात्मक उर्जाको सञ्चारलाई सुरक्षित राख्छ।

वृष राशि 

वृष राशिका मानिसले होलीको दिन सेतो कपड लगाएर सुन्तला र बैजनीको प्रयोग गरेर होली खेल्नु पर्छ। यसो गर्नाले तपाईंको सौभाग्यमा वृद्धि हुनेछ।

मिथुन राशि 

मिथुन राशिका मानिसले हरियो रंगले होली खेल्नु पर्छ। यसो गर्नाले तपाईंको सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नुका साथै सम्बन्धमा प्रगाढता आउनेछ।

कर्कट राशि 

कर्कट राशिका मानिसले होलीको दिन सेतो कपडा लगाएर होली खेलु पर्छ। यसो गर्नाले उनीहरुले धन तथा समृद्धि प्राप्त गर्नुका साथै प्रसिद्धि पनि बढ्नेछ।

सिंह राशि 

सिंह राशिका मानिसहरूले सुनौलो, पहेंलो, रातो र सुन्तला रंगको साथ होली खेल्न सक्छन्। यसो गर्नाले यी मानिसहरु उर्जाले भरिपूर्ण हुन्छन्।

कन्या राशि 

कन्या राशि भएका मानिसले हरियो, खैरो र सुन्तला रंगका साथ होली खेल्नु शुभ मानिन्छ। यी रंगका साथ होली खेल्नाले मानिसको आर्थिक संकट दूर हुन्छ।

तुला राशि 

तुला राशिका मानिसले सेतो र हल्का गुलाबी रंगको लुगा लगाएर होली खेल्न सक्छन्। यो गरेर तपाईंले राम्रो परिणामहरू पाउनुहुनेछ।

वृश्चिक राशि 

वृश्चिक राशि भएका मानिसहरूले रातो, मरून र पहेलो रंगको साथ होली खेल्नु अत्यन्त शुभ हुन्छ। यसो गर्नाले तपाईंको आर्थिक संकट दूर भएर जान्छ।

धनु राशि 

धनु राशिका व्यक्तिहरूले होली खेल्न रातो र पहेंलो रंगहरू प्रयोग गर्नु शुभ हुन्छ। यसो गर्नाले तपाईंको परिवारका सदस्यसँगको सम्बन्ध अझ मजबूत हुनेछ।

मकर राशि 

मकर राशिका व्यक्तिहरूले होलीको दिन निलो र कालो रंग प्रयोग गर्न सक्छन्। यसो गर्दा तपाईं छिटै आआफ्नो लक्ष्य प्राप्त गर्न सक्नुहुनेछ।

कुम्भ राशि 

होली खेल्नको लागि कुम्भ राशिका मानिसहरूले कालो, बैजनी र रातो रंगको प्रयोग गर्नु शुभ हुन्छ। यसो गरेर तपाईं कठिन परिस्थितिको सामना गर्न सक्षम हुनुहुनेछ।

मीन राशि 

मीन राशिका मानिसले होलीको दिन पहेंलो रंगले होली खेल्नु अत्यन्त शुभ मानिन्छ। यसदिन पहेंलो रंग शिवलिंगमा चढाएपछि होली खेल्नु पर्छ। यसो गर्नाले धन तथा ऐश्वर्य प्राप्त हुने विश्वास रहेको छ।

प्रकाशित : बुधबार, चैत ०२, २०७८११:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ३ गते हरुमा जन्मेका मानिस हुन्छन् निकै भाग्यमानी, दृढ संकल्प छ भने बन्न सकिन्छ करोडपति !