यी ३ गते हरुमा जन्मेका मानिस हुन्छन् निकै भाग्यमानी, दृढ संकल्प छ भने बन्न सकिन्छ करोडपति !

कुनै पनि मानिसको जीवनको बारेमा उसको जन्म मितिबाट धेरै कुरा पत्ता लगाउन सकिन्छ। आफ्नो जन्म मिति हरेक व्यक्तिको लागि विशेष हुन्छ र धेरैजसो मानिसहरु आफ्नो जन्म मिति आफ्नो लागि भाग्यशाली मान्छन्। आज हामी मुलांक 9 को बारेमा कुरा गर्न जाँदैछौँ। जसको जन्म मिति ९, १८ र २७ हो, उनको मूलांक ९ हुन्छ । यस गते जन्म भएका व्यक्तिलाई भाग्यमानी मानिन्छ ।

यस दिन जन्मेका मानिस जग्गा जमिनको मामिलामा धेरै भाग्यशाली मानिन्छन् साथै आफ्नो स्वभावले कसैको मन जित्न सक्छन । मुलांक ९ को स्वामी ग्रह मंगल हो । मुलांक ९ भएका मानिस सधैँ फरक उत्साहमा देखिन्छन् । यी मानिसहरू निडर, साहसी र स्वाभिमानी हुन्छन् र चाँडै थकित महसुस नगर्ने स्वभावका हुन्छन् ।

जसका कारण सफलताले उनीहरुको कदम चुम्ने गर्छ । उनीहरूले जमिन र सम्पत्ति जोड्ने स्वभावका हुन्छन् ।  यी व्यक्तिहरू आर्थिक रूपमा मजबुत हुन्छन् । मुलांक ९ भएका मानिस चाँडै मानिसहरुसँग घुलमिल हुने स्वभावका हुन्छन् । यिनीहरु कसैलाई पनि सजिलै आफूप्रति मोहित बनाउछन् । नीहरुको स्वभाव हँसिलो हुन्छ । उनीहरुको व्यक्तित्व निकै बलियो हुन्छ ।

जसका कारण जो कोही पनि उनीहरुप्रति तुरुन्तै आकर्षित हुन्छन् । जीवनमा जस्तोसुकै परिस्थिति आए पनि डराउँदैनन् । बरु हरेक चुनौतिको सामना गरी सफलता हासिल गर्छन् । तिनीहरू शरीर र मानसिक दुवैमा बलियो हुन्छन्। उनीहरूलाई व्यापार क्षेत्रमा  विशेषज्ञ पनि मानिन्छ।

प्रकाशित : बुधबार, चैत ०२, २०७८१२:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वैशाख १ गतेसम्म तनावमुक्त रहनेछन् यी ५ राशिका जातक, शुभ स्थितिले हुनेछ धन लाभ