होली आउन अब २ दिन मात्रै बाँकी छ । मानिस हरुमा होलीको हर्षोल्लास फैलिन थालेको छ । फागुन शुक्ल पूर्णिमाका दिन होलिका दहन र त्यसको भोलिपल्ट चैत्र प्रतिपदाका दिन रङसहितको होली खेलिन्छ । धर्म र संस्कृतिका हिसाबले मात्रै नभई ज्योतिष र वास्तुमा पनि यो पर्वको ठूलो महत्व छ । होलीको दिन केही विशेष उपाय अपनाएमा वर्षभरि धेरै सुख र समृद्धि प्राप्त हुन्छ ।
– घरको मुख्य प्रवेशद्वारमा सूर्य देवताको तस्बिर राख्नुहोस् । यसो गर्नाले तपाईको भाग्य जगाउने छ र घरमा रहेको वास्तु दोषहरू हट्नेछ। यसका अलावा भगवान गणेशको फोटो पनि राख्न सक्नुहुन्छ। यसको साथै होलीको दिन आफ्नो घर-पसल सजाउनुहोस्, तर भुलेर पनि कालो रंग प्रयोग नगर्नुहोस्।
-होलीको दिन राधा-कृष्णको पूजा गरी फूल चढाउनुपर्छ । यस्तो गर्नाले तपाईको जीवनमा खुशीको वर्षा हुनेछ। घर सुख-समृद्धिले भरिनेछ। होलीको दिन घरमा तुलसीको बिरुवा वा मनी प्लान्ट रोप्नुहोस्। यसबाट धेरै शुभ सिद्ध हुनेछ। होलीको दिन श्री यंत्रलाई घरमा ल्याई घर वा पसलको कन्तुर स्थापना गर्नुहोस्। यस दिन घरमा शंख ल्याउनु पनि निकै शुभ मानिन्छ ।
– होलीको दिन आफ्नो घर वा प्रतिष्ठानको मुख्य प्रवेशद्वारमा रातो, हरियो, गुलाबी र पहेँलो रंगको रंगोली बनाउनुहोस्। यसो गर्दा परिवारमा खुशी मिल्नेछ।