काठमाडौँ : ग्रहहरुको राजा सूर्यको राशि परिवर्तनलाई हरेक महिना हुने सबैभन्दा महत्वपूर्ण ज्योतिषीय घटना मानिन्छ। सूर्यले हरेक ३० दिनमा राशि परिवर्तन गर्छ र यसको असर सबै मानिसहरुको जीवनमा पर्छ। आज यानी चैत्र १ गते मङ्गलबार चैत्र संक्रान्तिको दिन सूर्य शनिको राशि कुम्भ राशिबाट निक्लिएर बृहस्पतिको राशि मीनमा प्रवेश गरेको छ। यस परिवर्तनको असर सबै १२ वटै राशिहरुमाथि पर्छ। तीमध्ये ४ राशिको भाग्य चम्किनेछ। जान्नुहोस्, ती भाग्यशाली राशिहरु कुन-कुन हुन् त ?
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
मीन राशिमा सूर्यको गोचरले वृष राशिको जातकलाई विशेष लाभ मिल्नेछ। उनीहरुलाई तगडा धन लाभ हुनेछ। आय बढ्नेछ। बढुवा एवं तलब वृद्दिको प्रबल सम्भावना छ। लगानीको लागि अनुकूल समय रहेको छ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशिको जातकलाई सूर्यको राशि परिवर्तनले धेरै प्रगति दिलाउनेछ। करियरमा ठूलो पद प्राप्त गर्ने अवसर पाउनुहुनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। व्यापारीहरुलाई लाभ हुन् सक्छ। समग्रमा भाग्यले पूरा साथ दिनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
मीन राशिमा सूर्यको प्रवेशले कर्कट राशिको जातकलाई निकै शुभ फलदायी हुनेछ। आगामी एक महिनाको समय यस राशिका जातकले हरेक कामममा सफलता हासिल गर्नेछन्। लामो समयदेखि रोकिएका काम सहजसँग सम्पन्न हुनेछ। बढुवा प्राप्त हुन् सक्छ। धन लाभ हुनेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
धनु राशिको जातकलाई सूर्यको गोचर निकै शुभ रहनेछ। यस राशिका जातकले करियरमा प्रगति हासिल गर्नेछन्। मनमा सुकून-शान्ति मिल्नेछ। धर्मप्रति झुकाव बढ्नेछ। जीवनमा खुशीले दस्तक दिनेछ। यो समयावधि तपाईको लागि धेरै राम्रो रहनेछ।