काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं.२०७८ चैत्र १ गते मङ्गलबार परेको छ। मङ्गलबारको दिन हनुमानजीलाई समर्पित हुन्छ। यस दिन विधिपूर्वक हनुमानजीको पूजा-अर्चना गरिन्छ।
चैत्र १ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन –मङ्गलबार(Tuesday)।।। नक्षत्र – अश्लेषा , २३:०० बजे उप्रान्त मघा ।।। तिथि – द्वादशी , १२:१५ बजे उप्रान्त त्रयोदशी ।।। करण – वालव १२:१५ बजेदेखि कौलव , २४:४४ बजे उप्रान्त वव ।।। योग – सुकर्मा , २७:२४ बजे उप्रान्त धृति ।।। चैत ०१, २०७८, मंगलवार ।।। १५ मार्च, सन् २०२२ ।।। द्वादशी, फाल्गुण शुक्लपक्ष ।।। चिल्लाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ६: १६ ।।। सूर्यास्त(sunrise) – १८:१२ ।।। कार्यक्रमहरू : – गोविन्द द्वादशी, चैत्र संक्रान्ति, मीन संक्रान्ति/सामाजिक सेवा दिवस/विश्व उपभोक्ता अधिकार दिवस ( Meen Sankranti/Social Work Day/World Consumer Rights Day)
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
चोरी वा ठगीमा परिने सम्भावना रहेको छ। लेनदेनमा बिशेष सजगता अपनाउनु पर्ने देखिन्छ। अनावश्यक दौडधुपमा समय बित्नेछ। परिश्रम गरे अनुरुप कार्यमा सफलता नमिल्दा मानसिक चिन्ता बढ्ने छ। स्वास्थ्य अनुकुल रहने छ। आर्थिक लाभ हुन् सक्ने सम्भावना रहेको छ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
रमणीय यात्राको सम्भावना रहेको छ। घरायसी वातावरण क्लेश्मय रहने छ। मेहनतले जीवनशैलीमा परिवर्तन आउने छ। मनबाट नकारात्मक विचार हटाउनु पर्नेछ। आय आर्जनको तुलनामा खर्चको मात्रा बढेर जानेछ। स्वास्थ्यमा समस्या देखिने छ। समग्रमा तपाईका लागि दिन सामान्य रहेको छ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ। आय आर्जनमा वृद्धि भएर जानेछ। सहकर्मीको साथ र सहयोग प्रसस्त मिल्ने छ। नोकरीमा पदोन्नतिको सम्भावना रहेको छ। सन्तान सुख मिल्नेछ। वैवाहिक जीवन सुखमय बित्नेछ। नाम दाम र इनाम कमाउने समय रहेको छ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
भुमि, बाहन र पैतृक सम्पतिबाट लाभ मिल्नेछ। पारिवारिक वातावरण सुखमय बित्नेछ। माताको तर्फबाट अधिक लाभ मिल्नेछ। स्वास्थ्य अनुकुल रहनेछ। आर्थिक लाभ भएर जानेछ। मान प्रतिष्ठामा वृद्धि हुनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
श्रमको उचित मुल्यांकन हुनेछ। शारीरिक आलस्यता र थकानको महसुस हुनेछ। पेटसम्बन्धी समस्याको शिकार भइने छ। पढाई लेखाईमा प्रगति हुनेछ। धार्मिक यात्राको सम्भावना रहेको छ। संयम भएर अगाडी बढ्दा बिशेष लाभ हुने देखिन्छ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
मेहनतले आम्दानी बढाउने छ। खानपानमा बिशेष ध्यान दिनुपर्ने छ अन्यथा स्वास्थ्यमा अनेक समस्या देखिनेछ। रिसलाई काबुमा राखेर अगाडी बढ्न सकेको खण्डमा बिशेष लाभ हुने देखिन्छ। सरकारी कार्यमा खासै सफलता मिल्ने छैन। खर्च बढेर जानेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
कामको सन्दर्भमा ठुला ब्यक्तिहरुसँग घनिष्टता बढ्ने छ। सामाजिक तथा परोपकारी कार्यमा झुकाव बढ्नेछ। व्यापार व्यवसायमा वृद्धि भएर जानेछ। मान प्रतिष्ठामा वृद्धि भएर जानेछ। आकस्मिक धन-लाभको सम्भावना रहेको छ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
ठुलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन समस्या पर्नेछ। शत्रुले नकारात्मक समयको फाइदा उठाउन सक्नेछन सजक रहनु पर्नेछ। तर पारिवारिक वातावरण भने उल्लासमय रहने छ। अस्वस्थ व्यक्तिको स्वास्थ्यमा क्रमश सुधार भएर जानेछ। अधुरा कार्यहरु पूर्ण भएर जानेछन।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ। क्रोधलाई काबुमा राखेर अगाडी बढ्न सकेको खण्डमा बिशेष लाभ हुने देखिन्छ। साहित्य लेखनको कार्यमा गहिरो रुचि बढ्ने छ। सन्तान सुख मिल्ने छैन। सकेसम्म यात्रामा ननिस्कादा नै राम्रो हुनेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
स्वास्थ्य अनुकुल रहनाले सोचे अनुरुप काम बन्ने देखिन्छ। व्यापार व्यवसायबाट भने खासै सफलता मिल्ने छैन। सामाजिक एवम सार्वजनिक क्षेत्रमा मान प्रतिष्ठा भंग भएर जान सक्ला बिशेष ख्याल गर्नु पर्नेछ। अनिन्द्राको समस्याले सताउने छ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
कृषि तथा पशु चौपायको क्षेत्रबाट राम्रो लाभ मिल्ने देखिन्छ। पारिवारिक वातावरण उल्लासमय रहने छ। स्वास्थ्य अनुकुल रहने छ। छोटा तर रमणीय यात्राको सम्भावना रहेको छ। भातृत्व सुखको अनुभूति मिल्ने छ। मनमा उत्साह जागेर जानेछ। समग्रमा तपाईका लागि दिन सुखद रहेको छ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
प्रयास गरे महत्वपुर्ण वस्तु हात लाग्नेछ। साथीभाईको सहयोगले हिम्मत दिलाउनेछ। अधुरा र अपुरा रहेका कामहरु सजिलै बन्ने देखिन्छ। अनावश्यक झैँ-झमेलामा फसिएला सजक रहनु पर्नेछ। स्वास्थ्य अनुकुल रहेको छ। धार्मिक कार्यमा मन जानेछ। खानपानमा सजक रहनु पर्नेछ।