आउँदो ६ दिन यी ५ राशिलाई वरदान समान, धन-लाभका साथै पाउनेछन् शत्रुबाट छुटकारा

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा ग्रहहरुको चालको विशेष महत्व हुन्छ। ग्रह-नक्षत्रको चालको प्रभाव सबै १२ वटै राशिहरुमा पर्छ। ग्रहहरुको चालले केही राशिलाई शुभ फल दिन्छ भने कतिपय राशिलाई अशुभ फल प्राप्त हुन्छ। ग्रहहरुको चालबाट साप्ताहिक राशिफलको आँकलन गरिन्छ। ग्रहहरुको चलखेलको कारण केही राशिका लागि यो हप्ता अत्यन्तै शुभ रहनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

माताको सानिध्य र सहयोग मिल्नेछ। प्रतियोगात्मक परीक्षा र अन्तर्वार्ताको सुखद् नतिजा आउनेछ। घर-परिवारमा धार्मिक सङ्गीतको कार्यक्रम आयोजना हुनेछ। वाहन सुखमा वृद्धि हुनेछ। दाम्पत्य जीवनमा खुशीयाली आउनेछ। लेखन कार्यबाट राम्रो आय हुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

घर-जग्गा बिक्री मोटो रकम हात पार्नुहुनेछ। आमाबाट धन प्राप्त हुन् सक्छ। कला एवं सङ्गीतप्रति रुचि बढ्नेछ। कार्यक्षेत्र परिवर्तन हुने सम्भावना छ। आय वृद्धि हुनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। सन्तानबाट सुखद् खबर प्राप्त गर्नुहुनेछ। जागिरमा बढुवाको योग देखिन्छ। वाहन सुख प्राप्त गर्नुहुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

आत्मविश्वास बढ्नेछ। कुटुम्ब परिवारमा धार्मिक कार्य हुनेछ। सन्तान सुखमा वृद्धि हुनेछ। उच्च शिक्षा एवं अनुसन्धान आदिको लागि विदेश यात्राको सम्भावना छ। जागिरमा कार्यस्थल परिवर्तनको योग बनेको छ। मनमा शान्ति र आनन्दको अनुभूति हुनेछ। तपाई आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ। परिवारमा आमा र वृद्ध महिलाबाट धन प्राप्तिको सम्भावना छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

मनमा शान्ति र आनन्दको अनुभूति हुनेछ। शैक्षिक कार्यको सुखद् परिणाम मिल्नेछ। जागिरमा वरिष्ठ अधिकारीको सहयोग मिल्नेछ। कपडा आदिप्रति झुकाव बढ्नेछ। प्रगतिको बाटो खुल्नेछ। आयमा वृद्धि हुनेछ। धनको सञ्चिति बढ्नेछ। साथीभाईको सहयोग मिल्नेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

मातापिताको सहयोग पाउनुहुनेछ। वस्त्रप्रति झुकाव बढ्नेछ। पठन-पाठनमा रुचि बढ्नेछ। शैक्षिक कामको सुखद् परिणाम मिल्नेछ। सन्तान सुखमा वृद्धि हुनेछ। काममा उन्नतिको सम्भावना छ। घरमा धार्मिक कार्य हुनसक्छ। धार्मिक यात्रामा जाने योग पनि बनिरहेको छ।

प्रकाशित : सोमबार, फागुन ३०, २०७८१७:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

क्रूर ग्रह शनि-मङ्गल मिलेर तहस-नहस बनाउनेछ ३ राशिको जीवन, हुनेछ ठूलो हानि-नोक्सानी