क्रूर ग्रह शनि-मङ्गल मिलेर तहस-नहस बनाउनेछ ३ राशिको जीवन, हुनेछ ठूलो हानि-नोक्सानी

काठमाडौँ : ज्योतिष शास्त्रका अनुसार कुनै एक राशिमा दुई ग्रहको संयोग हुँदा त्यसले सबै १२ वटै राशिहरुलाई प्रभावित पार्छ। यदि ती दुई ग्रह शुभ भएमा ग्रहको संयोगको सकारात्मक प्रभाव दोब्बर हुन्छ। दुई ग्रहको संयोग हुँदा दुवै या दुईमध्ये एक ग्रह पापी या क्रूर भएमा त्यसको सजायको सबैले भोग्नुपर्नेछ। ज्योतिष शास्त्र अनुसार फागुन १४ गते(फेब्रुअरी २६) मकर राशिमा मङ्गल र शनिको मिलन भईसकेको छ। शनि र मङ्गललाई क्रूर ग्रहको श्रेणीमा राखिएको छ। यी दुवै ग्रहको संयोग चैत २४ गते(अप्रिल ७)सम्म रहनेछ। शनि-मङ्गलको संयोगले कुन-कुन राशिमा प्रभाव पार्नेछ त ? जान्नुहोस्।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिका जातकलाई शनि-मङ्गलको संयोगले जीवनमा समस्या खडा गर्नेछ। चैत्र २४ गते बिहिबारसम्म दाम्पत्य जीवनमा समस्या आउन सक्छ। साथै बिजनेस पार्टनरसँग मनमुटाव हुन् सक्छ। यदि पार्टनरशिपमा कुनै बिजनेस सुरु गर्न चाहनुहुन्छ भने यो योजनालाई तत्कालको लागि रोक्नुहोस्। यसबाहेक व्यक्तिगत जीवनमा धैर्यता अपनाउनुहोस्।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

धनु राशिका जातकका लागि शनि-मङ्गलको संयोग शुभ साबित हुनेछैन्। धन भावमा शनि र मङ्गलको मिलन हुँदा आर्थिक हानिको सामना गर्नुपर्नेछ। यो समयावधिमा आफ्नो बोलीमा काबू राख्नुहोस्। अनावश्यक झुट सकेसम्म नबोल्नुहोस्। कुनै पनि नयाँ कामको थालनी नगर्नुहोस्, अन्यथा हानि हुन् सक्छ। यसबाहेक कुनै पनि महत्त्वपूर्ण कागजातमा हस्ताक्षर नगर्नुहोस्। सम्बन्धमा कटुता आउनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

यी दुई कूर ग्रहको संयोगले कन्या राशिका जातकहरुलाई धेरै सताउनेछ। सन्तानसँगको सम्बन्धमा खटपट आउनेछ। उच्च शिक्षामा बाधा उत्पन्न हुनेछ। यस बाहेक प्रेम जीवनमा आपसी मनमुटाव हुनेछ।

प्रकाशित : सोमबार, फागुन ३०, २०७८२०:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

होलीको दिन बन्दै छ ३ राजयोग, हुनेछ निकै शुभ !