यी सपनासँग शनि देवको हुन्छ सिधा सम्बन्ध, जान्नुहोस् शुभ-अशुभ असर !

सपनाले जीवनमा ठूलो प्रभाव पार्छ। यसले हाम्रो दिमागलाई मात्र असर गर्दैन यसले हाम्रो भविष्यलाई पनि असर गर्छ। सपनाबाट प्राप्त शुभ र अशुभ संकेतहरू सपना शास्त्रमा विस्तृत रूपमा वर्णन गरिएको छ। आज हामी यस्ता सपनाको बारेमा जान्दछौँ  , जसको प्रत्यक्ष सम्बन्ध न्यायको देवता शनिसँग हुन्छ।

यदि तपाईलाई शनिदेवसँग सम्बन्धित सपना देख्नु भएको छ भने यो तपाईको जीवनमा केही महत्त्वपूर्ण परिवर्तन हुने संकेत हो । यस्ता सपनाले बताउँछन् कि शनिदेव तपाईं माथि दयालु हुनुहुनेछ वा तपाईंले उहाँको क्रोधको सामना गर्नुपर्ने हुन सक्छ।

– यदि तपाइले सपनामा शनिदेवको मुर्ति वा तस्बिर देख्नु भयो भने यसको मतलब आउने समयले तपाईलाई खुशी पनि दिन सक्छ र कुनै ठुलो संकटमा पनि पार्न सक्छ । व्यक्तिको कुण्डलीमा शनिको स्थिति अनुसार यो सपनाको फल प्राप्त हुन्छ। कुण्डलीमा शनिको  स्थिति शुभ छ भने शुभ फल मिल्नेछ ।

–  यदि सपनामा शनि देव प्रकट भएर आशीर्वाद दिनुहुन्छ भने यस्तो सपनालाई सपना निकै शुभ मानिन्छ । यस्तो सपनाले शनिदेवले तपाईको जीवनबाट सबै दुःखको अन्त्य गरिदिने संकेत गर्दछ। यदि कुनै रोगले ग्रसित मानिसले यस्तो सपना देख्यो भने उसलाई चाँडै रोगबाट छुटकारा मिल्छ।

– यदि सपनामा शनि देवको मन्दिर देख्नु भयो भने यसको अर्थ तपाईमा शनिदेवको छिटै कृपा वर्षा हुनेछ भन्ने बुझिन्छ । यस्तो सपनाले व्यक्तिको भाग्य खोल्छ। यस्तो सपनाले धन लाभको संकेत हुनुका साथै  महत्त्वपूर्ण काममा सफलता मिल्ने योग रहेको छ ।

प्रकाशित : सोमबार, फागुन ३०, २०७८१३:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ५ राशिमा हुनेछ अथाह धनको वर्षात्, बुधको गोचरले गराउनेछ ठूलो सफलता