काठमाडौँ : हरेक ग्रह परिवर्तनले बदलाव ल्याउँछ र हाम्रो जीवनमा प्रभाव पार्छ। चैत १० गते बिहिबार(२४ मार्च २०२२) धन, बुद्धि, चातुर्यको कारक ग्रह बुधले राशि परिवर्तन गरी मीन राशिमा प्रवेश गर्दैछ। बुधको गोचर ५ राशिका लागि अत्यन्तै शुभ छ। बुधको राशि परिवर्तनले यी राशिका जातकलाई अत्यन्तै धन लाभ गराउनेछ। बुधको यो गोचर कुन-कुन राशिका लागि शुभ छ त ? जान्नुहोस्।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
बुधको गोचरले वृष राशिका जातकलाई अत्यन्तै लाभ दिन्छ। यिनको आय बढ्न सक्छ। करियरमा प्रगतिको अवसर प्राप्त हुन् सक्छ। कतैबाट अचानक धन प्राप्त हुन् सक्छ। खासगरी फिल्म, मिडिया, मार्केटिङ, मोडलिङसँग सम्बन्धित व्यक्तिहरुका लागि यो समय विशेष फलदायी हुन्छ। यिनले हरेक काममा सफलता हासिल गर्नेछन्।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशिका जातकलाई बुध देवले काम र व्यापारमा ठूलो प्रगति दिनेछ। नयाँ कामको प्रस्ताव प्राप्त गर्नुहुनेछ। बढुवा एवं तलबवृद्धिको प्रबल सम्भावना छ। व्यापारमा आकर्षक सम्झौताको प्रस्ताव आउनेछन्। समग्रमा मौद्रिक लाभ हुनेछ र यसले तपाईको आर्थिक स्थिति मजबूत बनाउँछ। यसले भविष्यमा पनि लाभ दिनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
कर्कट राशिको जातकको लागि पनि बुधको राशि परिवर्तन निकै शुभ मानिन्छ। तिनले काममा मनग्यै लाभ प्राप्त गर्नेछन्। अहिलेसम्म रोकिएका कामहरु शीर्ष सम्पन्न हुनेछन्। धन लाभ हुनेछ। जागिर-व्यवसायमा प्रगति हुनेछ। जागिरेको बढुवा हुने योग छ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
बुधको गोचरले तुला राशिका जातकलाई जागिरमा बढुवाका साथै तलब-वृद्धि गराउनेछ। व्यापारीहरुलाई उल्लेख्य मुनाफा हुनेछ। यस समयावधिमा भएको उपलब्धीले भविष्यमा ठूलो फाइदा हुनेछ। समग्रमा सबै हिसाबले समय अत्यन्तै राम्रो रहनेछ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
कुम्भ राशिका जातकलाई बुधको गोचरले धेरै लाभ गराउनेछ। फँसेको धन फिर्ता हुनेछ। व्यवसायीले ठूलो अर्डर पाउन सक्छन्। काममा सफलता मिल्नेछ। खासगरी अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित व्यवसायीले धेरै फाइदा उठाउनेछन्।