भोलिबाट सुरु हुँदैछ अत्यन्तै खास ३० दिन, भूलेर पनि नगर्नुस् यी गल्ती

काठमाडौँ : हिन्दू धर्ममा हरेक महिनाको आफ्नै महत्व छ। ती महिनामा थुप्रै व्रत र चाडपर्वहरु पर्छन्, अलग-अलग देवी-देवताहरुको पूजा गरिन्छ। हरेक महिनालाई लिएर केही नियमहरु बनाईएका छन्, जुन पालना गर्दा जीवनमा समस्या आउँदैन र व्‍यक्तिले सुख-समृद्धि प्राप्त गर्छन्। यस्तै खास महिनामध्ये एक हो खरमास। यस महिनामा माङ्गलिक कार्य गर्न पूर्ण निषेध गरिएको छ।

ज्योतिषशास्त्र अनुसार सूर्य गुरुको राशि धनु र मीन राशिमा हुँदाको समयलाई खरमास भनिन्छ। यस वर्ष सूर्यले सोमबार रातिबाट कुम्भ राशि छोडेर मीन राशिमा प्रवेश गर्नेछ र अर्को वर्षको वैशाख १ गतेसम्म यहीँ रहनेछ। यस अवधिमा केही काम गर्न निषेध गरिएको छ। यद्यपि दान-पुण्य गर्दा, भगवानको भक्ति गर्दा सामान्य दिनभन्दा धेरै गुणा बढी फल मिल्छ।

खर महिनामा के गर्ने र नगर्ने ?

ज्योतिषशास्त्रमा वर्णन गरिए अनुसार सूर्य गुरुको स्‍वामित्‍व भएको राशिमा रहँदा या गुरु सूर्यको स्वामित्व वाला राशिमा रहँदा गुर्वादित्य योग बन्छ। यो योगमा सम्पूर्ण शुभ काम गर्न वर्जित गरिएको छ। यद्यपि यस समयावधिमा पूजा-पाठ गर्नुको धेरै महत्व छ। जान्नुहोस्, खरमासमा के गर्ने र के नगर्ने ?

खर मासमा विवाह, गृह प्रवेश, मुण्डन, व्रत-उपवासको सुरुवात फल प्राप्तिको लालसाले गर्नु-हुँदैन। यी कामको लागि यो महिना अशुभ मानिन्छ।

खरमासमा अवश्य दान गर्नुहोला। यसो गर्दा तीर्थयात्रा गरे जस्तै फल मिल्छ। साथै यो महिनामा गरिएका व्रतले पाप नाश गर्छ।

खरमासमा कपडा, महँगो रत्न, गहना आदि खरिद गर्नु शुभ हुन्छ तर यो समयमा लगाउनु हुँदैन्। ती लगाउनलाई खर मास समाप्तिको प्रतीक्षा गर्नुहोस्।

खरमासमा असहाय, बेसहारा र साधुजनको सेवा गर्नु धेरै राम्रो हुन्छ। यो महिनामा श्राद्ध र मन्त्र जप गर्दा पनि धेरै शुभ हुन्छ।

खरमासमा तामसिक भोजन नगर्नुहोस्। सम्भव भएसम्म यो महिनामा ब्रह्मचर्य पालन गर्नुहोस्।

प्रकाशित : सोमबार, फागुन ३०, २०७८१३:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी सपनासँग शनि देवको हुन्छ सिधा सम्बन्ध, जान्नुहोस् शुभ-अशुभ असर !